गायक भागीरथ चलाउनेको ‘फलाम पिटे तरबार’ चर्चामा

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७७, आईतवार
Bhagirath Chalaune

काठमाडौँ । लोकप्रिय गायक भागीरथ चलाउनेको पछिल्लो लोकदोहोरी गीत ‘फलाम पिटे तरबार…’ अहिले चर्चामा रहेको छ । गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षत्रीको स्वर रहेको गीत युट्युवको ट्रेनिङमा ३ नम्बरमा कब्जा जमाएको धेरै समय भइसक्यो ।
भागीरथ चलाउनेकै शब्द र संगीत रहेको यो गीतको संगीत संयोजन आशिष अबिरलको रहेको छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशन रहेको यो गीतको म्यूजिक भिडियोमा आशिर प्रताप जंग र लोशिना लामिछानेको अभिनय देख्न सकिन्छ । दीपक गिरीको छायाँकन, अमृत चापागाईले सम्पादन रहेको भिडियो जनता डिजिटल एण्ड फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।
गायक भागीरथ चलाउनेको गायन यात्रामा सुरुवातदेखि नै उत्कृष्ट सिर्जनाका साथ प्रस्तुत हुँदै आएका छन् । समयअनुसार उनी यो गीतमा प्रस्तुत भएका छन् । कसलाई सोध्ने होला उनको निकै चर्चामा रहेको गीत थियो । उनको बाटो मोडेर, ज्यानकै माया लाउँछ, पानी पाएपछि, जाउँला बरिलै जस्ता गीतहरुले चर्चाको शिखर चुमिसकेका छन् । गायनमा फरकपन बोकेका गायकको परिचयसहित स्थापित भएका भागीरथ चलाउनेको ‘फलाम पिटे तरबार’ यतिखेर सबैतिर चर्चा बटुल्न सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु