• ट्रेण्डिङको उकालो यात्रामा निरन्तर अघि बढ्दै ‘मायाले त होला’

    म्यूजिक खबर
    प्रकाशित: १४ श्रावण २०८०, आईतवार

    काठमाडौ । यो वर्षको हरितालिका तीज अलि पछि परेको छ । तर तीजका गीतहरु भने सार्वजनिक हुन थालेको महिना दिन नै भइसक्यो । यतिबेला त सांगीतिक बजार तीज गीतले राताम्य भएको छ । तीजका गीतहरु सार्वजानिक हुने होडबाजीमा पछिल्लो समय लोकप्रिय गायक भागिरथ चलाउनेको नयाँ तीज गीत ‘मायाले त होला’ सार्वजनिक भएको छ ।

    ‘मायाले त होला’बोलको उक्त गीतमा भागिरथसँगै सुनिता बुढा क्षेत्रीको स्वर छ । गीतमा शब्द, संगीत भागिरथकै छ । एरेन्ज बिनोद बाजुरालीले गरेका छन् ।

    मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा भागिरथ स्वयंम प्रस्तुत छन् । उनको जोडीका रुपमा ‘महापुरुष’ फ्रेम्ड अभिनेत्री अञ्जना बराईली प्रस्तुत छिन् ।

    सन्ध्या कंडेलको प्रस्तुति रहेको गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन, नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । भिडियो भागिरथले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
    यसअघिको तीजमा गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीकै स्वर रहेको तीज गीत ‘झमझम झम्काना’ सर्वाधिक रुचाइएको थियो ।

    भागिरथ चलाउनेको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । यो गीत पनि दर्शक श्रोताको रोजाईमा पर्न सक्ने भन्दै कमेन्टहरु आएका छन् । भने ट्रेण्डिङको उकालो यात्रा गरिरहेको छ । यो समाचार तयार पारिरहँदा भिडियोे युट्युबको ४१ औं स्थानमा पर्न सफल भएको छ । तीज दिन अघि सार्वजनिक गरिएको भिडियोलाई झण्डै ३ लाख भ्यूज प्राप्त भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु