‘भाग्य आआफ्नो २’ दर्शकमाझ लोकप्रिय हुँदै

म्यूजिक खबर
प्रकाशित: ३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । रमेश कोइरालाको लेखन तथा निर्देशनमा रहेको टेलिशृङ्खलाका ‘भाग्य आआफ्नो २’ दर्शकमाझ लोकप्रिय हुँदै गएको छ । उक्त शृङ्खलामा जेएन घिमिरे, धर्मेन्द्र आचार्य, पुकार भट्टराई, दीपक ढकाल, कोपिला थापा, अनु निरौला, तारा केसी, सुष्मिता कार्की, सिपी पौडेल, केदार दवाडी, राजेन्द्र केसी, दीपकराज पाठक लगायत कलाकारहरुको अभिनय छ । रमाइलो टीभीको प्रस्तुतिमा रोशन रिजालको निर्माण रहेको शृङ्खलामा मोहनविक्रम शाहको छायाँकन, राधाकृष्ण आचार्यको मुख्य सहायक निर्देशन छ भने रिता केसीको स्वर रहेको र मान्सी किरणको सङ्गीत, रहेको छ । उक्त शृङ्खलामा मिश्रीलाल यादवको सम्पादन, रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु