• भाषा संरक्षण गर्दै भक्तराज, विमलले गाए गुरुङ भाषाको गीत

    म्यूजिक खबर
    प्रकाशित: १६ मंसिर २०७५, आईतवार

    काठमाडौं । आफ्नै मौलिक कला संस्कृतिको क्षेत्रमा क्रियाशील भइरहेका धेरै सर्जकहरु छन् । पछिल्लो समय सर्जक बन्न नसके पनि लगानी गरेर सर्जकलाई अवसर दिने र आफ्नो भाषा संस्कृतिको संरक्षण, सम्बद्र्धन एवं प्रबद्र्धन धेरै व्यक्तिहरु जुटेका छन् । भक्तराज गुरुङ यतिबेला आफ्नो भाषा संस्कृति बचाउने अभियानमा जुटेका छन् ।

    ‘रोधी टिले’ गुरुङ भाषाको गीत हो । आफ्नै भाषा संस्कृति बचाउने अभियानमा जुटेका भक्तराजले गायक विमल परियार र शर्मिला गुरुङको स्वरमा गीत बजारमा ल्याएका छन् । शर्मिला गुरुङको शब्द र लयमा बजारमा आएको रोधी टिले भाषा संस्कृतिको लागि एउटा अभियानको ईंटा बन्न सफल हुने देखिन्छ ।

    रोधी टिलेमा खेम गुरुङ, रजनी गुरुङ ‘मंगली’ प्रिति गुरुङ र विमल परियारले अभिनय गरेका छन् । प्रकाश भट्टको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई राजेश घिमिरेको छायाँकन रहेको छ भने विष्णु शर्माको सम्पादन रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु