आदिकवि भानुभक्त आचार्यको २०६औँ अवसरमा प्रज्ञा भवनको गोष्ठी

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७६, बिहीबार

नेपाल प्रज्ञा प्रतिष्ठान,संस्कृति विभाग तथा बालसाहित्य र लोकवार्ता विभाग एवम् भानु प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा भवनको महाकवि देवकोटा सभा कक्षमा विचार गोष्ठीको आयोजना गरिएको छ । गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा,जगमान गुरुङले आदिकवि भानुभक्तमा सत्गुणी र लोकको उपकार गर्ने विशेषता भएका कारण रामायणलाई नेपाली भाषामा अनुवाद गर्न सफल भएको बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा, जगत्प्रसाद उपाध्यायले भानुक्तीय रामायणले नेपाली समाजमा गहिरो प्रभाव पारेको बताउनुभयो । उहाँले रामायणले नेपाली समाजको चित्रण गर्दै भाषा(साहित्यको जग बसाल्न सहयोग पु¥याएको उल्लेख गर्नुभयो । प्रज्ञा–प्रतिष्ठानका बालसाहित्य र लोकवार्ता विभाग प्रमुख प्राज्ञ डा, देवी नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाली समाजका विभिन्न समुदाय र संस्कृतिमा भानुभक्तीय रामायणको अत्यन्त गहिरो प्रभाव रहेको बताउनुभयो । भानु प्रतिष्ठानका अध्यक्ष प्रा,डा, व्रतराज आचार्यले प्रतिष्ठानले भानुभक्त र भानुभक्तीय रामायणलाई केन्द्रमा राखेर नेपाली भाषा र साहित्यको विकासका लागि काम गरिरहेको बताउनुभयो । उहाँले भानुभक्त नेपाली जातिको प्रतीक भएको विचार व्यक्त गर्नुुभयो । कार्यक्रममा संस्कृतिविद् डा। भक्त राईले ‘नेपाली लोकजीवनमा रामायण संस्कृति’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै भानुभक्तले लेखेको नेपाली भाषाको लोकरामायण सर्वत्र सुवासित भई फैलन सफल भएको भन्दै हरेक जाति, वर्ग र समुदायमा रामसीताका कथाहरू पुगेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु