
काठमाडौ । गायक भरत परियारको नयाँ गीत ‘यो मन दुखेको’ सार्वजनिक भएको छ । यस गीतमा भरत परियार र बिमला परियारको स्वर रहेको छ भने भरत परियारको शब्द, संगीत रहेको छ ।
जिवन केसीको निर्देशन रहेको गीतमा महेश महराको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शंकर आरजे, रबिना भित्रीकोटी, लक्ष्मी तामाङ, मुकेश बुढाथोकी आदीको अभिनय रहेको छ ।