
काठमाडौं । यो वर्षको तीज पनि नजिकिंदै गएको छ र यतिबेला सांगीतिक बजार तीजमय बनिरहेको छ । यहि क्रममा गायक भरत परियारको ‘करिम’ बोलको नयाँ तीज सार्वजनिक भएको छ । गीतमा भरत परियार र सुनितामी परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतका शब्द तथा संगीत समेत गायक परियारकै रहेको छ भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका हुन् ।
। त्यसैगरी समित परियारले ध्वनी सम्पादन रहेको छ । मिक्सिङ मास्टरिङ अनटेक स्टुडियोका समित परियारले गरेका छन् । सुनिता सुनार, बिन्दु बिक यमन माझी, लक्षु प्रकाश मल्ल, शारदा दियाली र बिमला परियारको कोरस भोकल रहेको छ ।
गीत सुन्दा गीतले तीजको मौलिकता र मर्मलाई बोकेको छ ।
गीतलाई थप जीवन्त बनाउनलाई भिडियो पनि बनाइएको छ । नरेन्द्र बहादुर धामीले निर्देशन गरेको भिडियोमा विजय केसी, अस्मिता बस्नेत, देवकुमारी खड्गी, डिके सुनार लगायतको अभिनय रहेको छ । सुरज आचार्यले कोरियोग्राफी गरेका छन् । सरोज शाहीले छायांकन गरेको भिडियोलाई नरेन्द्र बहादुर धामीले नै सम्पादन गरेका हुन् ।
उक्त गीतको भिडियोलाई गायक भरत परियारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
त्यस्तै भिडियोमा नरेन्द्र बहादुर धामीले निर्देशन रहेको छ भने सरोज शाहीले छायांकन गरेका हुन् । सुरज आचार्यले गितको कोरियोग्राफी ,गरेका छन् । साथै, भिडियोमा विजय केसी, अस्मिता बस्नेत, देवकुमारी खड्गी, डिके सुनार लगायतको अभिनय रहेको छ ।