भरत राईको एल्बम ‘चाहना यो मनको’ सार्वजनिक ! भिडियो सहित !

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७५, आईतवार

असार १७, काठमाडौँ । गायक भरत राईको एल्बम ‘चाहाना यो मनको’ सार्बजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि एल्बम सार्बजनिक गरिएकोे हो । एल्बमलाई बरिष्ठ साहित्यकार भुपाल राई, गायक राजेश पायल राई, व्यवसायी अलाईभ ग्लाईडर र संगीतकार महेन्द्र राईले सार्बजनिक गरेका थिए ।


एल्बममा ५ वटा गीतहरु समावेश छन् । चाहना यो मनको, लाहुरेको जिन्दगी, बुलेट चढेर, मैंले जस्तो आशु, तिम्रो याद लगायतका गीत छन् । एल्बमका गीतमा महेन्द्र राई, देवेश राई, टिकेन्द्र राईको संगीत रहेको छ । गीतमा मेलिना राई र नम्रता राईको फिमेल स्वर रहेको छ ।
कार्यक्रममा गायक भरतलाई राजेश पायल राइले भरतको खुलेर प्रशंसा गरेका थिए । भरतको स्वर कर्णप्रिय छ त्यसैले यो क्षेत्रमा भरतको सम्भावना देखेको छु भन्दै शुभकामना दिएका थिए । त्यस्तै एल्बमका गीतहरुको समिक्षा गर्दै साहित्यकार भुपाल राईले पनि गीतका शब्द संगीत र स्वर अत्यन्तै मिठो रहेको बताएका थिए । भरत सम्भावना बोकेका गायक भनेर प्रशंसा पनि गरेका गरेका थिए । कार्यक्रमको सन्चालन चर्चित मिडियाकर्मी एवं निर्देशक दिनेश डिसीले गरेका थिए ।

कार्यक्रममा एल्बमको शिर्ष गीत चाहना यो मनको को म्यूजिक भिडियो पनि देखाइएको थियो । उक्त गीतमा गायक भरतलाइ अहिलेकि चर्चित गायिका मेलिना राइले साथ दिएको छ । यो गीतमा टिकेन्द्र राईको संगीत रहेको छ । किराँत बिन्दाले भिडियोको निर्देशन गरेका हुन् भने अकिंत कार्कीले छायांकन गरेका छन् । भिडियोमा खम्बुहाङ राई र मिम्छा राईले अभिनय गरेका छन् ।

एल्बमको शिर्ष गीत ‘चाहना यो मनको’ भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु