भरतमणी पौडेल भए कमेडी च्याम्पियन सिजन–२ का विजेता

म्यूजिक खबर
प्रकाशित: २ आश्विन २०७८, शनिबार

काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे ।

यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु