‘नहेर तर्केर’ मा भिम र बिमला

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार १६:०१
bhim-bimala

काठमाण्डौ । बहुमुखी प्रतिभाका धनी भिम तुम्बाहाङफे र बिमला खजुम अभिनित ‘नहेर तर्केर’को भिडियो सार्वजनिक भएको छ । गायक नितेश राई र गायिका एलिना चौहानको स्वरले सजिएको उक्त गीतमा धनवीर विश्वकर्माको शब्द रहेको छ भने संगीत गायक स्वयम राईको रहेको छ ।

बिग पारीवेश स्टुडियोमा सम्पूर्ण कार्य सम्पन्न गरिएको यस गीतमा संगीत संयोजन टंक तिमिल्सिनाको रहेको छ ।

भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छांयाकन रहेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ । भिडियो सेवालुङ च्यानलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु