प्रदिप र प्रमिलासँग ‘पहिलो भेट’ हुँदा भिमफेदी गाइजको रमाइलो

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७७, बुधबार

काठमाडौं । गायक प्रदिप कुमार ग्लान र गायिका प्रमिला पुनको आवाजमा ‘पहिलो भेट’ बोलको गीत सार्वजनिक भएको छ । केशब बिश्वकर्माले संगीत भरेको गीतमा पुस्कर सुनुवारको एरेन्ज रहेको छ । मिक्सिङ भने श्याम श्वेत रसाइलीले गरेका हुन् ।

भिडियोमा चर्चित डान्स ग्रुप भिम्फेदी गाईज र निरन्जली लामा को अभिनय देख्न सकिन्छ ।

निर्मल कुमार लामाले निर्देशन गरेको भिडियोलाई छायांकन र सम्पादन पवन सुस्लिङले गरेका हुन् । भिडियो भिमफेदी गाइजको अफिसियल युट्युव च्यानलबाट सर्बजानिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु