
काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन भएकी छिन् । महासंघको इतिहासमा पहिलोपटक महिला अध्यक्षका रुपमा भूमिका सुब्बा चयन भएकी हुन् । महासङ्घको बुधबार भएको नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बालाई अध्यक्षमा चयन गरेको हो । सुब्बा यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिइन् ।
९९ सय सदस्यीय कार्यसमिति रहेको महासंघको कार्यसमितिमा उपाध्यक्ष अशोक राई, महिला उपाध्यक्ष नमूना शर्मा चयन भएका छन् भने महासचिवमा आरसी नेउपाने चयन भएका छन् । त्यस्तै अर्थ विभागतर्फ अशोक प्यासी राई, प्रचार विभागतर्फ सचिव पदम रोकाया, संगठन विभागतर्फ अमृत खाती, विदेश विभागतर्फ सुबास मल्ल चयन भएका छन् ।