बिजय लामाले गरे रेणुको खुलेर प्रंशसा

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७९, आईतवार

काठमाण्डौँ । नेपालका चर्चित पाइलट एवं कलाकार बिजय लामाले भरतपुर महानगरकी मेयर रेणु दाहालको खुलेर प्रशंसा गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत रेणुको प्रंशसा गरेका हुन् ।

बिजयले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘हुन त मान्छेको नाम नै ठूलो हो भन्ने गरिन्छ तर म नाम भन्दा काम ठूलो भन्ने मान्यता राख्छु । एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट नियालिरहेको छु। जब जब भरतपुर पुग्छु भरतपुरले विकासको लय समातेको आभास हुन्छ। जसको नेतृत्व एक चेलीले गरिरहनुभएको छ।
म उहाँलाई खासै चिन्दिन। न त निकट सम्बन्ध छ। तर भरतपुरको मुहारमा जे जति परिवर्तन ल्याउन खोज्नुभयो त्यसप्रति मेरो उच्च सम्मान छ। मैले उहाँलाई चिनेको भनेको भरतपुर नगरपालिकाको फेरिएको मुहारले गर्दा हो। एउटा नेपाली चेलीले अगाडि बढाएका योजना, गरेको विकास र उपलब्धी साँच्चै गर्व गर्न लायक छ। उहाँले गरेका उदाहरणीय कामलाई नजरअन्दाज गर्न सकिँदैन।

पार्टी जुनसुकै होस् व्यक्ति र परिवेश जस्तो सुकै होस् हामीलाई चाहिएको विकास र समृद्धि हो। विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्ने नेता नै नेपाली जनताको रोजाई बन्नुपर्छ। यस्तै चेलीहरु नेतृत्वमा आएर खुरुखुरु काम गरेर देशलाई समृद्ध बनाउनुपर्छ।
जय चन्द्र सुर्य ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु