काठमाडौं । लोकप्रिय कलाकार बिजय लामाले शान्ति खोज्न भन्दै मध्यराती घरबाट निस्किएका छन् । घर परिवारबाट टाढा हुँदैमा के उनले शान्ति पाउलान् त ? खोजेपछि किन नपाउनु अवश्य पाउँछन् र पाए पनि ।
प्रसंग हो नयाँ वर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीतको । गीतको भिडियोमा बिजय लामा शान्ति खोज्न निस्कन्छन् र अन्त्यतः मध्यमार्गी बाटो नै शान्तिको बाटो हो भन्ने भाव देखाइएको छ ।
गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ । सुदिप जंग थापाको शब्द रहेको गीतमा बिकाश चौधरीको संगीत रहेको छ । गीतका एरेन्जर रोशन बान्तवा हुन् ।
‘तारा सितारा’ युटुब च्यानल मार्फत सार्वजनिक भएको निकै मर्मस्पर्शी ‘शान्ति खोज्न’ गीतको भिडियोलाई सुमन श्रेष्ठ थापाले निर्माण गरेका छन् ।
निर्देशक कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा बिजय लामाको मुख्य भुमिका रहेको छ । साथै हिरा सापकोटा, निहिता सापकोटा, युवराज वाईबा मौसमी खनाल, सरु लगायतको पनि अभिनय रहेको छ । भिडियोको छायांकन, सम्पादन तथा रंग संयोजन युवराज खत्रीले गरेका छन् ।