बिकास घले गुरुङलाई अन्तर्राट्रिय सम्मान

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७६, शुक्रबार

भारत । नेपाली लोकनृत्य, संस्कृति, रङगमञ्च, खेलकुद, बृतचित्र, चलचित्र, समाजसेवा लगायतका बिभिध क्षेत्रमा निरन्तर लाग्दै राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा योगदान पु¥याएका विभिन्न देशका २५ जनालाई भारतको लखनउमा सम्मान गरिएको छ । नेपालका प्रतिभाशाली नृत्य निर्देशक विकास घले गुरुङलाई कला संस्कृतिको क्षेत्रमा योगदान पु¥याएवापत भारतको लखनऊ स्थित मदर ल्याप फाउन्डेशन नामक एक सामाजिक संस्थाले हिजो बिहिबार एक कार्यक्रमबिच ‘जाज्बा अवार्ड २०१९’ प्रदान गरेको छ । उनीसँगै भारत, होङकङ, सिङगापुर लगायतका बिभिन्न देशका कलाकार, साहित्यकार, समाजसेवी, डाक्टर, ईन्जिनियर जस्ता विभिन्न विधामार्फत समाजमा योगदान पु¥याएका करिब २५ जना ब्याक्तिहरुलाई पनि अवार्डले सम्मान गरेको छ ।


चर्चित नृत्य तथा म्युजिक भिडियो निर्देशक बिकास घले गुरुङ तेक्वान्दोका ब्ल्याक बेल्ड (पाँचौ डान), अन्तर्राष्ट्रिय मेडलिष्ट तथा नेशनल रेफ्री समेत हुन् । नेपाली रङमञ्चमा मञ्चन गरिएका दर्जनौ नाटकहरुमा समेत बिभिन्न रुपमा प्रस्तुत भई लामो अनुभव बटुलेका गुरुङको नाम ¥याम्प मोडलिङको निर्देशनमा पनि उत्तिकै लोकप्रिय छ । गुरुङले फिल्म मेकिङ, थ्रीडी एनिमेशन, क्लासिकल नृत्य, भिडियो सम्पादन जस्ता बिधामा समेत डिप्लोमासम्मको अध्ययन गरिसकेका छन् । त्यस्तै स्क्रिप्ट लेखन, गीति लेखनमा पनि उनी उत्तिकै सक्रिय रहँदै आएका छन् । गुरुङ बिभिन्न संस्था मार्फत समाज सेवामा समेत आबद्ध रहँदै आएका छन् । लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरष्कार (नेपाल साङगीतिक सङघ मार्फत) तथा लाल–समुन्द्रा राप्ति बहुप्रतिभा पुरष्कार (राप्ति समाज मार्फत) प्रदान गर्दै आएका गुरुङ सो पुरस्कारका संस्थापकसमेत हुन् । अहिले चर्चामा रहेका गुरुङ नेपालको स्नातोत्तरमा ‘अभिनय तथा रङमञ्च प्रस्तुति’ बिषय लिएर पढ्ने नेपालको बिद्यार्थी हुन् । तर दुर्भाग्यबस त्रि.बि.ले बिविध कारण देखाई परीक्षामा प्रश्न पत्र नै निकाल्न सकेन । जसका कारण उनी परीक्षामा सामेल हुन पाएनन् ।
बिकास घले गुरुङका नृत्य अभिनय बिद्यार्थीहरुका लागि ‘नृत्य तथा नाट्य सिद्धान्त’, मोडलिङ बिद्यार्थीका लागि ‘ब्याक्तित्व बिकाश र सफलता’ जस्ता पुस्तकहरु प्रकाशनको तयारिमा छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु