उत्कृष्ट शब्द, स्वर र संगीतको मिश्रण- ‘बाँचेको छु धन्न’

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार

काठमाडौं । चौतारीको बर र आधा माया जस्ता हिट लोक गीत पस्केका गायक बिक्रम परियार र पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा ‘बाँचेको छु धन्न’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
गीतमा शिव सुवेदीको शब्द र संगीत रहेको छ । सुवेदीका यसअघि घामजस्तो चम्किलो जुन हुँदैन, यति जान्न मन छ, घामले नि पोल्दियो, भुमरीमा परें भने मलगायतका गीत चर्चामा छन् ।

गीतको म्युजिक भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काको जीवन्त अभिनय रहेको छ। देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटनापछि छुटेको प्रेम जोडीको कथा देखाइएको छ।

प्रेमिकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई बब्लुले सुन्दर तवरले भिडियोमा उतारेका छन्। भिडियोका छायाँकार अनिल कृष्ण मानन्धर हुन् भने सम्पादन प्रवीण भट्टले गरेका छन्। शिव सुवेदी युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतले राम्रो चर्चा कमाएको छ । कमेन्ट पनि सकारात्मक आइरहेका छन् । स्वर शब्द र संगीतदेखि भिडियोको नै प्रशंसा गरिएको छ । गीत यतिबेला टिकटकमा पनि उतिकै हिट भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु