विक्रमले भेटेका शिव भगवानजस्तै (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १९ बैशाख २०७५, बुधबार

१९ बैशाख, काठमाडौं । विक्रम परियार राम्रो प्रतिभाका खानी हुन् । स्याङ्जा गल्याङ नगरपालिका – ७ बाट इमेज लोक कलाकारलाई भिडेका विक्रमले उक्त कार्यक्रममा उत्कृष्ट १० भित्र परेर बाहिरिएका थिए । लोकगीत गाउनेले संगीतको कुनै शिक्षा लिनु पर्दैन भन्नेहरुकै भीडमा परेका उनी विना साधना उत्कृष्ट १०सम्मको इमेज लोककलाकारमा भिडेपछि अहिले संगीत शिक्षाको आवश्यक भएको महसुस गरिरहेका छन् ।


मेजर अंग्रेजीमा रत्नराज्य क्याम्पसबाट स्नातकोत्तर गर्दै गरेका विक्रम परियार अब संगीतको शिक्षा लिने सोचमा दौडिरहेका छन् । तर संगीतको कुनै पनि शिक्षा विना उनले करिब दर्जन लोकदोहोरी गीतमा स्वर दिइसकेका छन् । स्वर्गजस्तो जीवन बोलको गीतबाट गायनयात्रामा होमिएका विक्रमले भन्यौ भन्न त बोलको गीत गाइसकेपछि हिम सम्झौता डिजिटलले इमेज लोककलाकारमा देखेको आफ्नो खुशीलाई अवसर दिएको थियो ।

गीतसंगीतमा दौडिंदा दौडिँदै उनले जिल्लाबासी रचनाकार एवं गायक शिव हमालसँग भेट्ने अवसर पाएका थिए । शिवलाई भेट्नु उनका लागि भगवानजस्तै लागेको छ । जसको सहकार्यमा उनले गरेका गीत एकपछि अर्को चर्चाको शिखरमा पुगेको छ । शिव हमालसँगको सहकार्यमा विक्रमले राम्रा गीतमा स्वर दिने मौका पाए । शिव हमालकै लय शब्दमा रस रस, जुनजस्तो मुहार जस्ता लोकदोहोरी गीत रेकर्ड गरा एभने पछिल्लो समय केशव पौडेलको शब्दमा शिव हमालको लयमा गुन्द्रुक मिठो सागको गीत लिएर आएका छन् । जसमा देवी घर्तीले उनलाई स्वरमा साथ दिएकी छिन् । विजय डिजिटलबाट बजारमा आएको उक्त गीतप्रति विक्रम निकै आशावादी देखिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु