• विक्रान्त पोखरेलको ‘भीरमा टुनी छ’

    म्यूजिक खबर
    प्रकाशित: २२ फाल्गुन २०७९, सोमबार
    Bikranta Pokharel

    काठमाडौं । उदियमान गायक विक्रान्त पोखरेलको नयाँ गीत ‘भीरमा टुनी छ’ सार्वजनिक भएको छ । गायक पोखरेलकै शब्द तथा संगीतमा बजारमा आएको गीत ‘भीरमा टुनी छ’ मा गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । गीतको संगीत संयोजन कृष्ण केसीको रहेको छ भने मिक्सिङ राजकुमार बगरको रहेको छ ।
    गीतको म्यूजिक भिडियोमा लोमश शर्मा र अस्मिता रानापालको फिचरिङ रहेको छ । भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन् भने दिनेश पराजुलीको छायाँकन रहेको छ । अमृत चापागाईंको कलर तथा सम्पादन रहेको भिडियोलाई कुमार केसीकै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
    गोरखामा जन्मिएर गीतसंगीतमा आफ्नो करिअर निर्माण गर्दै गरेका गायक विक्रान्त पोखरेलको यसभन्दाअघि पनि ‘वनमा टाँकी छ’ बजारमा आइसकेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु