• विक्रान्त र राजकुमारको तेस्रो सहकार्य ‘माया नमार’

    म्यूजिक खबर
    प्रकाशित: २६ असार २०८०, मंगलवार

    काठमाडौं । गायक विक्रान्त पोखरेल उदीयमान गायक हुन् । गायनको यात्रामा होमिएका उनले यतिखेर भने ३ वटा गीत सार्वजनिक गरिसकेका छन् । बनमा टाँकी छ, भीरमा टुनी छ जस्ता गीतले बजारमा चर्चा बटुलिसकेका छन् भने भर्खरै उनले माया नमार गीत सार्वजनिक गरेका छन् । गायनमा पाइला चाल्दै गरेका विक्रान्तका लागि लोकप्रिय गीतकार तथा संगीतकार राजकुमार बगरको सहकार्य मिलेको छ । विक्रान्तको तेस्रो गीतमा पनि गीतकार तथा संगीतकारको रुपमा राजकुमार बगर नै रहेका छन् । गीतको संगीत संयोजक भने डोलराज बाह्रघरे रहेका छन् भने त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भएको हो ।
    गीतको म्यूजिक भिडियोमा यशु भट्टराई र मंगल तामाङको अभिनय रहेको छ । भिडियोको निर्देशन भने कुमार केसीले गरेका छन् । भिडियोका छायाँकन मुकेश हुमागाइँको रहेको छ भने सम्पादन अमृत चापागाईंको रहेको छ । गीतको भिडियोलाई गायक विक्रान्त पोखरेलको आफ्नै यूट्यूब च्यानल bikranta pokhrel मार्फत सार्वजनिक गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु