• खाली कथा बोकेर काठमाडौंमा विमला

    म्यूजिक खबर
    प्रकाशित: ३१ श्रावण २०७१, शनिबार

    काठमाडौं, १ भाद्र । गायिका विमला प्रधान यतिखेर काठमाडौंमा खाली कथा बोकेर गुन्जिँदै छिन् । सिक्किमकी गायिका विमला कुनै मेरो कथा खाली खाली पिँजडामा खोज, मेरो व्यथा भत्किएको मन्दिरलाई सोध भन्ने गीतबाट चर्चामा थिइन् । जुन गीत मनबहादुर मुखियाको शब्द र शान्ति ठटालको संगीतमा विमलाले स्वर दिएकी थिइन् । त्यही गीत शुक्रबार राजधानीमा गाइन् विमलाले । सुमधुर स्वरकी धनी विमला सिक्किमदेखि काठमाडौं आएर आफ्नो स्वरलाई स्रष्टाहरुसामु पोख्न सफल भएकी हुन् । संगीतकार अविद, सन्तोष श्रेष्ठ, गीतकार भावेश भुमरी, डिआर, सुमन बैरागी, रमेश सुवेदी र दार्जिलिङकी गायिका बानिका प्रधानको बीचमा विमलाले आफ्नो दशकको यात्राको गीत गाएकी हुन् । उनले मेरो कथाका अलाव अन्य धेरै गीत त्यहाँ सुनाइन् ।
    उमंगको छेउ छैन, आनन्दको नाम छैन
    तिमी आयौ पुल तरी भंगालोको काम छैन

    छोऊँ छोऊँ जस्तो लाग्छ कहिलेकाहीँ अनयासै
    छोएजस्तो जब हुन्छ हराउँछु त्यसैत्यसै
    तिम्रो माया मेरो निम्ति चिठी जसमा खाम छैन
    तिमी आयौ पुल तरी भंगालोको काम छैन
    माथिका पंक्तिहरुलाई पनि गायिका विमलाले उक्त अवसरमा गाएर सुनाएकी थिइन् । उनलाई गायिका वानिका प्रधानले साथ दिएकी थिइन् । शुक्रबारे सांगीतिक जमघटमा उनले सुनाएका गीतहरु साँच्चिकै एउटा गीत थियो, साँच्चिकै एउटा गायन थियो जसले सबैको मन छुन सफल भएका छन् । उक्त अवसरमा संगीतकार अविदले भारी खेप्ने भरियाकोलगायतका केही गीत गाएर सुनाएका थिए भने संगीतकार सन्तोष श्रेष्ठले तिम्ले पराई ठानेपछि, तिमी छैनौ र मलाई, नजलाइदेऊ मुटु मेरो, आमा भन्नु जगतमा जस्ता गीत गाएर सुनाएका थिए । त्यस्तै दार्जिलिङकी गायिका बानिका प्रधानले तिम्रो चोटले जलुँला म, भारी खेप्ने भरियाको, हर रात सपनीमा जस्ता गीत गाएर सुनाएकी थिइन् ।

    1
    स्कुले जीवनदेखि गीत गाउन थालेकी विमलाले पहिलोपटक तारादेवीले गाएको टाढाबाट बोलाएको तिमीलाई बोलको गीत गाएर गायनको यात्रा सुरु गरेकी थिइन् । त्यसपछि तारादेवी, नारायणगोपालका गीतहरु गुनगुनाउँदै गर्दा पहिलोपटक अल इन्डिया रेडियोबाट पहिलो रेकर्डको सुरुवात गरेकी थिइन् । सांगीतिक यात्रामा होमिएकी विमलाले त्यसपछि धेरै गीत गाउन सफल भएकी थिइन् । उनले रेडियो नेपालबाट रेकर्ड गरिने स्वरलहरी संग्रहमा धेरै गीत गाइन् । त्यस्तै आफ्नो सोलो एल्बम एक्सप्रेसन, मिर्मिरे साँझलगायत शितलु भइ सिरिरिरि, रेली रेशम(लोकगीत), मालश्री, भजन, ओम शरणम् जस्ता गीतहरु पनि गाइसकेकी छन् । जिन्दगी सोलो एल्बम, अभिसाप भिडियो, बाँच चाहनेहरुका लागि चलचित्रमा पनि स्वर संगीत दिइसकेकी छन् । त्यस्तै विमलाले कान्हा हिन्दी भजन संग्रहमा पनि एकल एल्बम गरेकी छिन् । गीतिनाटकमा समेत गीतसंगीत दिइसकेकी छन् । विमलाले १५० भन्दा गीतमा संगीत भरिसकेकी छिन् भने ८० भन्दा बढी गीत गाइसकेकी छिन् । डेजी बराइली, हिरा रसाइलीजस्ता समकालिनहरुसँग संगीत गरिसकेकी विमलाले ललितकला आर्ट एकेडेमी दिल्लीबाट पुरस्कृत पनि भइसकेकी छिन् । विमला एउटा कुशल पेन्टर पनि हुन् । उनले पेन्टिङले मानिसलाई ढिलो लोभ्याउँछ किनकी उनको पेन्टिङ सरल हुन्छन्, फोटो खिचेर ल्याएको जस्तो सरल देखिन्छ । त्यस्तै विमला अन द ओकेजन अफ स्टेटस् सेलिब्रेसनमा सर्वोत्कृष्ट गायिकाबाट राज्य पुरस्कार पनि पाइसकेकी छन् । त्यसो विमलाका छोराहरु पनि गिरिश एण्ड द क्रोनिकल्स ब्यान्ड संचालन गरिरहेका छन् । एउटक कुशल प्रतिभा भएकी विमलाले जति गीत गाइन् सबै स्मरणयोग्य बन्न सफल भए । यतिखेर विमला वसन्त चौधरीको शब्दमा संगीत भर्दैछिन् भने नेपाल र सिक्किमको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यमा रेहकी छिन् ।

    5 6 4 3

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु