बिमल डाँगी, सरिता डाँगी र मधुर गिरीको स्वरमा ‘फुलबुट्टे सारी लाएर’

म्यूजिक खबर
प्रकाशित: १६ श्रावण २०७९, सोमबार
Sarita Dangi

काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७९ लक्षित थुप्रै गीतहरु बजारमा आइसकेका छन् र केहि आउने तयारीमा पनि रहेका छन् । यसै भिडमा भर्खरै मात्र बिमल डाँगी युट्युब च्यानल मार्फत ूफुलबुट्टे सारी लाएरू बोलको गीत पनि सार्बजनिक भैसकेको छ । गीत suffolk country samaj NewYork ले तयार पारेको हो । आफ्नो घर परिवारबाट निकै टाढा रहेर दैनिकीहरु बिताउनु पर्दा र त्यसैको कारणबाट निसासिएको मनलाई फुरुङ्ग बनाउनका निमित्त अमेरिकाबाट नै तयार पारिएको यस गीतमा बिमल डाँगी, सरिता डाँगी र मधुर गिरीको स्वर सुन्न सकिन्छ । गीतलाई लय बिमल डाँगीले तयार पारेका हुन् भने शब्द मधुर गिरीको रहेको छ ।

ूफुलबुट्टे सारी लाएरू बोलको गीतको म्युजिक भिडियोमा सरिता डाँगी, यन्सरी गुरुङ्ग, बबिता डाँगी, रचना रानाभाट, अमृता ज्ञावली, दिलु राई, अन्जु गुरुङ्ग, मन्जु गुरुङ्ग, सुशिला ज्ञावली, सावित्री न्यौपाने, मन्जु गैह्रे, सारदा के.सी., सुजिता श्रेष्ठ, माधुरी कार्की, सबिना दवाडी, गीता ढकाल, रुथमान गुरुङ्ग, रबिन गुरुङ्ग, दिनेश डाँगी, बरुण रानाभाट, दिनेश बस्नेत, रामकृष्ण भाट, अर्जुन कुमार कार्की, बद्रि डाँगी, राम बिष्ट, बिजेन्द्र थिङ्ग, पूर्ण छन्त्याल, केशब थापा, कर्मा शेर्पा, खिम हमाल, बुद्धिमान तामाङ्ग, गोविन्दराज फुलारा, दिल पुन, र टिका छन्त्यालको सामुहिक अभिनय देख्न सकिन्छ ।

माथि उल्लेखित गीतको म्युजिक भिडियोलाई पनि अमेरिका मा नै छायांकन गरिएको हो । गोबिन्द राई द्वारा निर्देशित भिडियोलाई छायांकन शम्भु मोक्तानले गरेका हुन् भने सम्पादन बिनोद बमले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु