चर्चित गायक बिमलराजले पत्नी टिकासँग गाए ‘जाम हिड धनगढी’

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७७, मंगलवार

काठमाडौं । चर्चित गायक एबम सर्जक बिमलराज क्षत्री र चेत बहादुर सिंह ‘राजा’ को नयाँ गीत ‘जाम हिड धनगढी’ सार्वजनिक भएको छ । यस गीतमा बिमलराज क्षत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको स्वर रहेको छ भने बिमल राज क्षत्रीको शब्द, संगीत रहेको छ । यस गीतको एरेन्ज र मिक्सिङ्ग जीवन बडुले गरेका हुन् ।

दिलिप ओखेडाको निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, दिन्सन शाहको सम्पादन रहेको छ । यस गीतलाई दोलालघाटको रमणिय स्थलहरुमा छायांकन गरिएको हो । “जाम हिड धनगढी” गीतलाई बिमल चौतारी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

उक्त गीतको भिडियोमा चेत बहादुर सिंह ९राजा०, आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेल आदिको अभिनय हेर्न पाईन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु