• ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७९’ मा पर्न सफल २१ विधाका उत्कृष्ट ५ सार्वजनिक (नामावली)

    म्यूजिक खबर
    प्रकाशित: ४ बैशाख २०८०, सोमबार

    काठमाडौँ । रमपम ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७९ ’का उत्कृष्ट ५ मनोनयन सार्बजनिक भएको छ । २१ विधामा घोषणा गरिएको म्युजिक अवार्डका लागि सबै विधाका शीर्ष ५ मनोनयन सार्बजनिक गरिएको हो ।

    बिन्ध्यवासिनी म्युजिक प्रा.लि को आयोजनामा रमपम बिन्ध्यवासिनी म्युजिक अवार्ड २०७८ लाई अघिल्ला संस्करण झैं यस वर्ष पनि मुक्तिनाथ विकास बैंकले प्रस्तुती गर्नेछ ।

    अग्रजलाइ सम्मान अनुजलाई प्रोत्साहान भन्ने मूल नारालाइ आत्मसाथ गर्दै आयोजना हुँदै आएको यस अवार्ड तेह्रो संस्करणसम्म आइपुगेको हो ।
    अवार्ड समारोह भने २०८० बैसाख २२ गते राष्ट्रिय नाचघर जमल काठमाडौँमा हुने भएको छ। यस्तै विन्ध्यवासिनी म्युजिकले आयोजना गर्न लागेको तेर्हौं संस्करणको ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७९’मा बरिष्ट संगीतकार एबम संगीत प्रशिक्षक प्रकाश गुरुङ लाइ ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७९’बाट सम्मान गर्ने भएको छ। यो सम्मानको राशी एक लाख रुपैंयाँ रहेको छ। गायिका सुक्मित गुरुङ लाई ५० हजार रुपैंयाँ राशीसहितको ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७९’बाट सम्मान गर्ने भएको छ।

    गायक भबिन ढुंगाना लाइ २५ हजार रुपैयाँसहित प्रेमध्वज संगीत रत्न सम्मान २०७९ र बरिष्ट संचारकर्मी नरेश भट्टराइ लाइ ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान २०७९’ बाट सम्मान गर्ने भएको छ। यो सम्मानको राशी २५ हजार रुपैंयाँ रहेको छ। यहि बर्षदेखी विन्ध्यवासिनी म्युजिक अवार्डमा झलकमान लोक संगीत सम्मान समेत थपिने भएको छ। सोहि सम्मान बाट सम्मानित हुने व्यक्तिको नामको टुंगो लगाउने जिम्मा भने अवार्ड कमिटीले राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल लाइ दिएको बुझिएको छ। यस सम्मानका बिषयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सिफारिस पत्र पर्खिरहेको, पत्र प्राप्ति पछि यो बिषयमा निर्णय गर्ने कुरा बिन्ध्यवासिनिनी म्युजिक प्रालिकी संचालक लिना शर्मा रेग्मीले बताइन् ।
    रमपम विन्ध्यवासिनी म्युजिक अवार्डका शिर्ष ५ मनोनयन हरु यसप्रकार रहेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु