बस्नेतलाई लाइफटाइम अचिभमेन्ट, विन्ध्यवासिनी म्यूजिक अवार्डमा सालको पातको बर्चश्व

म्यूजिक खबर
प्रकाशित: १४ मंसिर २०७६, शनिबार

काठमाडौं । अग्रजलाई सम्मान अनुजलाई प्रोत्सहान भन्ने मूल नारा सहित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करण आज राजधानीमा सम्पन्न भएको छ । प्रतिष्ठित गायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्दै अवार्डको कार्यक्रम सम्पन्न भएको हो । एक लाख नगद राशिसहित बस्नेतलाई सम्मान गरिएको थियो । त्यस्तै कला पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका पत्रकार राजेश खनाललाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।
अवार्डमा लोकप्रिय गीत सालको पातले चार विधमा अवार्ड चुम्न सफल भयो । सर्वोत्कृष्ट गीतकार नवराज पन्त, सर्वोत्कृष्ट गायक कुलेन्द्र वि.क., सर्वोत्कृष्ट भाका वसन्त थापा र सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक शिव विकले अवार्ड चुम्न सफल भएका थिए । रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करणमा ३१ विधामा सम्पन्न भएको थियो ।

सर्वोत्कृष्ट गीत
दिलिप योञ्जन तामाङ – गोधुलिमा

सर्वोत्कृष्ट गायन सुगम संगीत पुरुष
सुमन कुमार श्रेष्ठ –जिस्काउथे म

सर्वोत्कृष्ट गायन सुगम संगीत महिला
बानिका प्रधान – मनै लोभ्याउने

सर्वोत्कृष्ट संगीत सुगम संगीत
आशिष अविरल – सम्झनामा नआउ तिमी

सर्वोत्कृष्ट रचना सुगम संगीत
सुवाश संगम राई – जूनको आशु

सर्वोत्कृष्ट महिला गीतकार
पद्मा लिङ्खा मगर – कति लेखे आफ्नै गीत

सर्वोत्कृष्ट एल्बम सुगम संगीत एल्बम
आनन्दराज खनाल – तिम्रोे साथ

सर्वोत्कृष्ट एरेञ्जर संगीत संयोजन
कमल सौराग – कति लेखे आफ्नै गीत

सर्वोत्कृष्ट पप गायन पुरुष
सचिन रौनियार – ए मान्छे

सर्वोत्कृष्ट पप गायन महिला
छनु गुरुङ – के पो भनम्ला

सर्वोत्कृष्ट पप संगीत
राजेश थापा – किन किन मिठो

सर्वोत्कृष्ट युगल गायन
राज खम्बु र मेलिना राई – कर्कले पात

सर्वोत्कृष्ट लोकदोहोरी गायक
कुलेन्द्र विश्वकर्मा – सालको पात

सर्वोत्कृष्ट लोकदोहोरी गायिका
सुनिता दुलाल – मुखैमा चिनी

सर्वोत्कृष्ट लोकदोहोरी भाका
बसन्त थापा – सालको पात

सर्वोत्कृष्ट लोकदोहोरी रचना
नवराज पन्त – सालको पात

सर्वोत्कृष्ट लोकदोहोरी गीत
शिव हमाल – लालुमै

सर्वोत्कृष्ट मोडल भिडियोतर्फ आधुनिक
प्रेम ब. खड्का र सविना कार्की – तिम्रो आशु

सर्वोत्कृष्ट मोडल भिडियोतर्फ लाकेदोहोरी
विमल अधिकारी र सारिका के.सी. – ए तिम्रो माया

सर्वोत्कृष्ट पाश्र्व गायन पुरुष
रुपक डोटेल – बनकी चरी (प्रसाद)

सर्वोत्कृष्ट पाश्र्व गायन महिला
बिन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा३)

सर्वोत्कृष्ट संगीत चलचित्र
सुभाष भुषाल – बनकी चरी (प्रसाद)

सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत
ऋषि अधिकारी – नालापानी

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी
शिब विक – सालको पात

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक
क्रान्ति केसी – राखी

सर्वोत्कृष्ट छायांकन
दुर्गा पौडेल – रित्तो काख

सर्वोत्कृष्ट भिडियो सम्पादन
नविन घर्ती मगर – पान खायो मायाले

सर्वोत्कृष्ट नवप्रतिभा आधुनिक, पप
बिक्रम बराल – गल्ती

सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी
सुस्मिता घर्ती मगर – छाता थिएन

सर्वोत्कृष्ट म्युजिक कम्पनी
प्रियसी म्यूजिक कम्पनी

अन्तराष्ट्रिय संगीत सम्मान
मनिस वशिष्ठ (अमेरिका)

पपुलर
शंकर विसी र अन्जली अधिकारी– पान खायो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु