विन्ध्यवासिनी म्युजिक अवार्डमा म हुरीमा दियोको ह्याट्रिक, प्रकाश भट्ट सर्बोत्कृष्ट निर्देशक

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७४, आईतवार

सबिता पोखरेल


१६ पुष, काठमाडौं । आठौं विन्ध्यवासिनी म्युजिक अवार्डमा यसपटक सुगम संगीततर्फ रामकृष्ण ढकालको म हुरीमा‘गीतले ह्याट्रिक गरेको छ भने गायक रामकृष्ण ढकाल र गायिका श्रेयसी चेमजोङ उत्कृष्ट गायक गायिका बन्न सफल भए । म हुरीमा दियो गीतबाट सुगम संगीत सर्वोत्कृष्ट गायन पुरुषतर्फ रामकृष्ण ढकालले, सुगमसंगीत सर्वोत्कृष्ट गीत रचनातर्फ रमेश बीजीले र सुगम संगीत सर्वोत्कृष्ट संगीतकारतर्फ राजेश थापाले आठौं संस्करणको विन्ध्यवासिनी म्यूजिक अवार्ड प्राप्त गरे भने गायक रामकृष्ण ढकालले नै गीतिसंग्रह आवरणबाट वर्षको सर्वोत्कृष्ट एल्बमको अवार्डसमेत प्राप्त गरे । त्यस्तै सुगम संगीत सर्वोत्कृष्ट गायन महिलातर्फको अवार्ड फुल्नु भन्दा‘गीतबाट श्रेयशी चेम्जोङ लिम्बूले चुम्न सफल भइन् ।
विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा भएको ‘आठौं मुक्तिनाथ विकास बैंक विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७४’मा सुगम संगीत सर्वोत्कृष्ट गीतको अवार्ड आज फेरि‘बाट वीरेन्द्र पाठकले, सुगम संगीततर्फ नै ध्वनि मुद्रणको अवार्ड दर्शन नमस्ते‘बाट साजन शाहले प्राप्त गरे । यस्तै सुगम संगीत म्युजिक भिडियोतर्फ छायाँकारको अवार्ड अपूरै भो‘को भिडियोबाट राजेश घिमिरेले, सम्पादनको अवार्ड मनमा कुरा‘को भिडियोबाट दीपक विष्टले, निर्देशनको अवार्ड रातो रातो खुर्सानी‘को भिडियोबाट क्रान्ति केसीले र सुगमसंगीत म्युजिक भिडियो मोडलको अवार्ड बाल मतलब‘गीतको भिडियोबाट दुर्गेस थापा र रोसिना एलसीले जिते ।

Prakash Bhatta_Bindabasini Music Award

Prakash Bhatta_Bindabasini Music Award


सुगम संगीततर्फ नै महिला गीतकारको विन्ध्यवासिनी अवार्ड तिम्रो माया पाउन‘बाट चन्द्रज्योति आलेले, सुगम संगीत संयोजनतर्फको अवार्डसँगै बाँच्ने कसम‘बाट कमल सौरागले, युगल गायनतर्फको अवार्ड तिमीले सम्झेर‘गीतबाट एस राजकुमार र मेलिना राईले र सुगम तथा पप गायन नवप्रतिभाको अवार्ड निष्ठुरीले मान्दै मान्दिन‘गीतबाट गुणराज श्रेष्ठले सो समारोहमा हासिल गरे ।
सर्वोत्कृष्ट पप संगीततर्फ संगीतकारको अवार्ड भुल्यौकी भुलेकी‘बाट राजु सिंहले, सर्वोत्कृष्ट पप गायन पुरुषको अवार्ड तिम्रो तस्बिर‘बाट सुरजकुमार थापा, सर्वोत्कृष्ट पप गायन महिलातर्फको अवार्ड म पग्लन्छु‘बाट आकांक्षा बस्यालले हासिल गरिन् । यस्तै राष्ट्रिय भावनाको गीतको अवार्ड बुद्ध खेल्ने आँगन‘बाट विष्णु पौडेलले हासिर गरे ।


यस्तै चलचित्रतर्फ सर्वोत्कृष्ट संगीतकारको अवार्ड छक्का पञ्जाको पूर्व–पश्चिम रेल‘गीतबाट राजनराज सिवाकोटीले, सर्वोत्कृष्ट चलचित्र गायन पुरुषको अवार्ड चलचित्र दर्पणछायाँ–२ को दर्पणमा छायाँ‘ गीतबाट राजेशपायल राईले र सर्वोत्कृष्ट चलचित्र गायन महिलाको अवार्ड लुट–२ को ठमेल बजार‘गीतबाट मिना निरौलाले प्राप्त गरिन् । लोकदोहोरी तर्फ सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड उही खोलीमा पानी‘बाट राजन गुरुङले, लोक दोहारी गायिकाको अवार्ड हैन अरूको‘गीतबाट शर्मिला गुरुङले, लोकदोहोरी भाकाको अवार्ड जवानीमा धक्का‘गीतबाट कस्तुप पन्तले, लोकदोहोरी रचनाकारको अवार्ड मेरो झल्को‘गीतबाट प्रल्हाद सुवेदीले, लोकदोहोरी संगीतकारको अवार्ड लाली जोवन‘गीटबाट एकनारायण भण्डारीले र लोकदोहोरी नव प्रतिभाको अवार्ड जुल्फी कपाल‘गीतबाट युवराज मगरले हासिल गरे ।
यस्तै लोकदोहोरी म्युजिक भिडियो निर्देशनको अवार्ड तामे करुवा‘को भिडियोबाट प्रकाश भट्टले, लोकदोहोरी म्युजिक भिडियो मोडलको अवार्ड नबोल्देउ रिसाएर‘गीतको भिडियोबाट देवेन्द्र क्षत्री र रूपा कँडेलले सो अवार्ड जिते ।


त्यस्तै जुरी अवार्ड गायक अजर जंगम, पब्लिक च्वाई अवार्डबाट मोडलद्वय सारिका केसी र बिमल अधिकारी र विन्ध्यवासिनी अन्तर्राष्ट्रिय संगीत सम्मानबाट गायक डीआर अटु सम्मानित भए । सर्वोत्कृष्ट म्युजिक कम्पनीको अवार्ड भावना म्युजिक सोलुसनले प्राप्त ग¥यो ।
त्यस्तै अवार्ड समारोहमा अग्रज गीतकार रत्न शमशेर थापालाई आठौं विन्ध्यवासिनी अवार्ड समारोहमा ५१ हजार १ सय ५१ रुपैयाँसहितको ‘विन्ध्यवासिनी म्युजिक लाइफ टाइम एचिभमेन्ट अवार्ड–२०७४ बाट सम्मानित गरिएको छ । नेपाली सुगमसंगीत क्षेत्रमा विगत ६ दशकदेखि निरन्तर गीत लेख्दै पु¥याएको योगदानको कदरस्वरूप उनलाई आयोजक संस्थाका तर्फबाट सो अवार्ड प्रदान गरिएको हो ।


त्यस्तै विन्ध्यवासिनी संगीत फाउन्डेसनका तर्फबाट हरेक वर्ष प्रदान गरिँदै आएको ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता पुरस्कार’ यसपटक राजधानी दैनिकका पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरियो । विगत २६ वर्षदेखि संगीत पत्रकारितामा योगदान पु¥याएको भन्दै २५ हजार ५ सय २५ रुपैयाँसहित २०७४ सालको सो पुरस्कार प्रदान गरिएको हो । यस्तै गायिका रिमा गुरुङ होडालाई सोही कार्यक्रममा १५ हजार ५ सय १५ रुपैयाँसहितको यो वर्षको विन्ध्यवासिनी संगीत रत्न सम्मान–२०७४ र चलचित्र निर्देशक कलाकार सुदर्शन थापालाई १० हजार १ रुपैयाँसहितको विन्ध्यवासिनी चलचित्र सम्मान–२०७४ बाट सम्मान गरियो ।
फरक फरक पहिरनमा देखिएका चलचित्र निर्देशक दिनेश डीसीले सञ्चालन गरेको सो अवार्ड समारोहमा कलकारहरू राजेशपायल राई, मनोजराज, सीडी विजय, अजर जंगम, सुरज कुमार थापा, टिका प्रसाईंलगायतका कलाकारले आफ्ना चर्चित गीत सुनाए । यस्तै शंकर बीसी, दुर्गेस थापा, दिपाशा बीसीलगायतले कार्यक्रममा प्रस्तुत गरेको नृत्यले पनि अवार्ड समारोहको रौनकता बढाएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु