• विन्ध्यवासिनी म्यूजिक अवार्डमा प्रकाश गुरुङलाई लाइफटाइम, नरेशलाई पत्रकारिता सम्मान

    म्यूजिक खबर
    प्रकाशित: २२ माघ २०७९, आईतवार
    Bindabasini Music Award

    काठमाडौं । १३ औं विन्ध्यवासिनी म्यूजिक अवार्डमा वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको छ । एक लाख नगद राशिसहित संगीतकार गुरुङलाई सम्मान अर्पण गरिने निर्णय भएको हो ।
    माघ २१ गते बिन्ध्यवासिनी फाउण्डेसन को नवौं बार्षिक भेलाले अवार्डमा प्रदान गरिने पुरस्कार तथा सम्मानको निर्णय गरी सार्वजनिक गरेको हो । मुक्तिनाथ विकास बैंक को प्रस्तुति,रमपम बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७९ मा सम्मानित हुने स्रष्टा तथा पत्रकारहरुको नाम सार्वजनिक गरिएको हो ।
    अवार्ड कार्यक्रममा बिन्ध्यवासिनी फाउण्डेसन का सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरूष स्वर्गीय प्रेमध्वज प्रधानको नाममा स्थापना गरिएको ‘प्रेमध्वज संगीतरत्न सम्मान’ बाट गायक तथा संगीतकार भबीन ढुङ्गानालाई सम्मान गर्ने निर्णय भएको छ । ढुंगानालाई रू २५,००० नगद राशिसहित सम्मान गरिने भएको हो ।

    त्यसैगरी बिन्ध्यवासिनी संगीत साधना सम्मान २०७९ बाट रू ५०,००० नगद राशिसहित बरिष्ठ गायिका सुकमित गुरुङलाई सम्मान गर्ने निर्णय गरिएको छ । त्यस्तै बिन्ध्यावसिनी कला पत्रकारिता सम्मान २०७९ बाट रू २५,००० नगद राशिसहित अग्रज पत्रकार नरेश भट्टराईलाई सम्मान गर्ने निर्णय गरिएको छ ।

    बिन्ध्यवासिनी म्युजिक अवार्ड को १३औं संस्करण २०७९ चैत्रमा सम्पन्न गर्ने निर्णय आयोजक संस्था विन्ध्यवासिनीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु