• वैद्यलाई दीर्घ साधना र वाग्लेलाई संगीतकला पत्रकारिता सम्मान, पूर्णिमा भइन् उत्कृष्ट गायिका

    म्यूजिक खबर
    प्रकाशित: २९ चैत्र २०७७, आईतवार

    काठमाडौं । विन्ध्यवासिनी म्युजिकले शुक्रबार योगेश वैद्यलाई दीर्घ साधना सम्मान प्रदान गरेको छ । विन्ध्यवासिनी म्युजिकको ११ औं संस्करणको अवार्डमा वैद्यसँगै गायिका कुन्ती मोक्तानलाई सम्मान गरिएको छ । उनलाई आयोजकले ५० हजार नगद राशिसहित संगीत साधना सम्मान गरेको हो ।

    त्यसैगरि कार्यक्रममा नयाँ पुस्ताबाट गायिका माण्डवी त्रिपाठीले पनि सोही सम्मान पाएकी थिइन् । उनले २५ हजार नगद प्राप्त गरिन् । त्यसैगरि पत्रकार अनन्त वाग्लेले पनि २५ हजार नगद राशि भएको संगीत कला पत्रकारिता सम्मान प्राप्त गरे ।

    गायक बैद्य भने स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उनलाई उनकै निवासमा पुगेर सम्मान अर्पण गरिएको कार्यक्रममा प्रस्तुत भिडियोमा जानकारी गराइएको थियो ।

    गीत संगीत र नृत्य प्रस्तुतिका साथ रोचक रुपमा सम्पन्न अवार्डमा अजर जंगम र पूर्णिमा तामाङ यस वर्षको सर्वोत्कृष्ट सुगम संगीत गायक–गायिकाको अवार्ड चुम्न सफल भए । धु्रबप्रसाद अम्गाईको गीत सर्वोत्कृष्ट घोषित भएको कार्यक्रममा बिबि अनुरागीले संगीतकारको अवार्ड उचाले भने मोहनकुमार खत्री सर्वोत्कृष्ट गीतकार र उदयराज पौडेल एरेन्जरको अवार्ड विजेता भए ।

    पप संगीततर्फ धन किरण गुरुङ सर्वोत्कृष्ट पप गायिका र सिर्जना कार्कीको अवार्ड जित्न सफल भए । त्यसै गरी गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु काफ्लेले युगल गायनमा बाजी मारे भने शिरीष देवकोटा र सरिता कार्की लोकदोहोरी गायक गायिका, प्रकाश सपुत, लोकदोहोरी भाका, नवराज पन्त लोकदोहोरी रचना, करण न्यौपाने लोकदोहोरी गीतको विजेता भए ।

    त्यसै गरी दुर्गेश थापा र प्राची लामा पप तथा आधुनिक गीतको म्युजिक भिडियो मोडल, काजिश श्रेष्ठ लोकदोहोरी म्युजिक भिडियो निर्देशक, देवेन्द्र पाण्डे सुगम संगीत म्युजिक भिडियो निर्देशक, आशिरप्रताप जंग केसी र सारिका घिमिरे लोकदोहोरी म्युजिक भिडियो मोडलको अवार्ड चुम्न सफल भए ।

    पूर्व नेपाल सुन्दरी सुगरीका केसीद्वारा सञ्चालित समारोहमा आधुनिक तथा फिल्मी गीत गायनमा चर्चित नाम बनेकी गायिका समीक्षा अधिकारीले लोक तथा दोहोरी गीतततर्फको नव प्रतिभा पुरस्कार हात पारेकी थिइन् । समारोहमा नायक नायिका पल शाह र अनु शाहले पपुलर अवार्ड चुमे भने दुबईका गैरे विवशलाई अन्तर्राष्ट्रिय संगीत सम्मान प्रदान गरियो । त्यसै गरी नरेश खाती पब्लिक च्वाइस अवार्ड तथा गायक रमेशराज भट्टराई र गीतकार बी। पाण्डे जुरी अवार्ड विजेता भए ।

    समारोहमा लाइफटाइम अचिभमेन्ट विजेता गायक योगेश वैद्यको सम्मानमा सुमन श्रेष्ठ र अजर जंगमले योगशका तथा संगीत साधना सम्मान विजेता गायिका कुन्ती मोक्तानको सम्मानमा उनको गायिका छोरीहरू शीतल र सुवानी मोक्तानले कुन्तीका गीत गाएर सुनाएका थिए भने गायक एम बराल, रामचन्द्र काफ्ले र रमेशराज भट्टराईले आफ्नो गीत प्रस्तुत गरेर दर्शकलाई जोस्याएका थिए । त्यसै गरी एलिना रायमाझी, शंकर विसी र उनको समूह, दुर्गेश थापा र उनको समूह तथा काजिश श्रेष्ठ र उनको समूहले नृत्य प्रस्तुत गरेर माहौल तताएका थिए ।
    बिन्ध्यवासिनी म्यूजिक अवार्ड २०७७ का बिजेताहरु

    विन्ध्यवासिनी लाईफटाइम अचिभमेन्ट अवार्ड : गायक योगेश वैद्य (नगद १ लाख)
    विन्ध्यवासिनी संगीत साधना सम्मान : गायिका कुन्ती मोत्तान (नगद ५० हजार)
    विन्ध्यवासिनी संगीत रत्न सम्मान : गायिका माण्डवी त्रिपाठी (नगद २५ हजार)
    विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान : पत्रकार अनन्त वाग्ले (नगद २५ हजार)
    पपूलर अवार्ड : नायक नायिका पल शाह र अनु शाह
    अन्तराष्ट्रिय संगीत सम्मान : सुरज गैरे विवश दुबई
    पब्लीक च्वाईस अवार्ड : गायक नरेश खाती
    जूरी अवार्ड गायक : रमेशराज भट्टराई र गीतकार बि. पाण्डे

    सर्बोत्कृष्ट गीत
    माया हे माया ध्रुवप्रसाद अम्गाई

    सुगम संगीत सर्बोत्कृष्ट गायक
    अस्तायौ किन तिमी अजर जंगम

    सुगम संगीत सर्बोत्कृष्ट गायिका
    मुटु जली खरानि भो पूर्णिमा तामाङ (लामा)

    सुगम संगीत सर्बोत्कृष्ट संगीत
    म एकदिन झरीमा बिबि. अनुरागी

    सुगम संगीत सर्बोत्कृष्ट रचना
    पत्थरको जस्तो मुटु मोहन कुमार खत्री

    सर्बोत्कृष्ट एरेञ्जर (संगीत संयोजन)
    जिन्दगीको के छ र भर उदयराज पौडेल

    सर्बोत्कृष्ट पप गायक
    तिमि र म धन किरण गुरुङ

    सर्बोत्कृष्ट पप गायिका
    फक्रिन नसकेको फुल सिर्जना कार्की

    सर्बोत्कृष्ट यूगल गायन
    बन चौरी रामचन्द्र काफ्ले र जुनु रिजाल

    सर्बोत्कृष्ट लोक दोहोरी गायक
    बोलिदेउ आधार शिरिष देबकोटा

    सर्बोत्कृष्ट लोक दोहोरी गायीका
    निष्ठुरी रे सरिता कार्की

    सर्बोत्कृष्ट लोकदोहोरी भाका
    फुटेका चुरा प्रकाश सपुत

    सर्बोत्कृष्ट लोकदोहोरी रचना
    मन्जरी नवराज पन्त

    सर्बोत्कृष्ट लोकदोहोरी गीत
    बनपालेको लौरी करण न्यौपाने

    सर्बोत्कृष्ट पप तथा आधुनिक भिडियो मोडल
    तिमी यति राम्री दुर्गेश थापा र प्राचि लामा

    सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत
    देश नदूखोस तेजेन्द्र काफ्ले

    सर्बोत्कृष्ट लोदोहोरी म्यूजिक भिडियो निर्देशक
    लाईदिउ कि मोहनी काजिश श्रेष्ठ

    सर्बोत्कृष्ट सुगम सगीत म्यूजिक भिडियो निर्देशक
    डिजीटल फोटो देवेन्द्र पाण्डे

    सर्बोत्कृष्ट सुगम संगीत महिला गीतकार
    हिउँद लाग्यो बिनिता उप्रेति खनाल

    सर्बोत्कृष्ट म्युजिक भिडियो छायांकार
    बनमा तरुल राजेश घिमिरे

    सर्बोत्कृष्ट म्युजिक भिडियो सम्पादक
    तिमि जुन बन्यौ बिनोद बम

    सर्बोत्कृष्ट लोक तथा दोहोरी नवप्रतिभा
    माया मारेर समिक्षा अधिकारी

    सर्बोत्कृष्ट पप तथा आधुनिक नवप्रतिभा
    म हासे हास्छयौ र? देबेन्द्र बब्लू

    सर्बोत्कृष्ट लोक तथा दोहोरी मोडल
    किन अन्धो भइन म आशिरप्रताप जंग र सारिका केसी.

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु