विनोद विश्वकर्मा र गोमा खत्रीको ‘चट्टपरि साईतमा’ तीज गीत (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७६, बिहीबार

काठकमाडौं । नेपाली नारीहरुको महान चार्ड हरितालीका तीज नजिकिदै गर्दा तीज सम्बन्धी गीतहरु धमाधम बजारमा सार्वजनिक भइरहेका छन् । यही अवसर पारेर गायक विनोद विश्वकर्मा र गायिका गोमा खत्रीले ‘चट्टपरि साईतमा’ बोलको तीज गीत सार्वजनिक गरेका छन् । उक्त शब्द,संगीत तथा स्वर विनोद विश्वकर्माको रहेको छ । उनलाई गायिका गोमा खात्रीले साथ दिएकी छिन् । ‘चट्टपरि साईतमा’ बोलको गीतमा कुमार सानु पुनको मिक्सिङ रहेको छ ।

उक्त गीतको भिडियोलाई प्रविण आत्रेयले सम्पादन तथा निर्देशन गरेका छन् भने भिडियोको छायांकन विमल विश्वकर्माको रहेको छ । उक्त गीतकोभिडियोमा निरु कोईराला, दुर्लभ थापा मगर, दिनेश विश्वकर्मा लगायतको अभिनय रहेको छ । गीतको भिडियोमा कमेडि जनरमा निर्माण गरिएको भिडियोमा नेपालमा रेल आउछ कि आउदैन भन्ने विषयलाई व्यंगात्मक ढंगले प्रस्तुत गरिएको छ । हेर्नुहोस् भिडियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु