• बाजुरालीको ‘मुखमा राम राम’

    म्यूजिक खबर
    प्रकाशित: ९ माघ २०७०, बिहीबार

    काठमाडौं, माघ ८ । लोक गायक तथा चर्चित म्युजिक एरेञ्जर विनोद बाजुरालीको नयाँ लोकदोहोरी गीत ‘मुखमा राम राम’ बजारमा आएको छ । बाजुरालीकै शब्द, संगीत र स्वर रहेको गीतमा महिला आवाज विष्णु माझीले भरेकी छिन् । ‘मुखमा राम राम जपी पेटमा छुरा हान्दन म, माया नाप्ने यन्त्र भए देखाइदिन्थें नापेर, कोइकोइले झैं बाह्र सत्ताइस कुरा जान्दिनँ म’ भन्ने शब्द रहेको गीत रिलिजको छोटो समयमैं राम्रो सिआरबिटी र पिआरबिटीको डाउनलोड भएको उनले बताए । लोकदोहोरीमा चल्तिका एरेञ्जर उनको स्वरमा रहेका ‘रुदै रुँदै जान्छु मेलामा’, ‘भीरको घाँस काट्न सक्छ्यौ र’लगायतका गीत लोकप्रिय छन् ।
    उनको नयाँ गीत यस्तो छः

    केटीः शंका गर्ने नगर्नु कष्ठ,
    म त मान्छे स्वच्छ र स्पष्ट
    मुखमा राम राम जपी पेटमा छुरा हान्दिन म,
    माया नाप्ने यन्त्र भए देखाईदिन्थे नापेर,
    कोई कोई ले झैं बाह्र सत्ताईस कुरा जान्दिन म ।
    केटाःकञ्चन माया निःस्वार्थी दिल छ ।
    व्यर्थै आरोप लाएर के मिल्छ?
    मुखमा राम राम जपी पेटमा छुरा हान्दिन म,
    माया नाप्ने यन्त्र भए देखाईदिन्थे नापेर,
    कोई कोई ले झैं बाह्र सत्ताईस कुरा जान्दिन म ।

    सिआरबिटीः 0160025606

    पीआरबिटीः 60533358

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु