धान रोप्ने बेलामा आयो ‘मार्सी धान’

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७६, मंगलवार
Marsi Dhan

काठमाडौं । भूगोल अनुसारको भाषासँगै सजिएको मौलिक कला संस्कृतिको धनी देश नेपालका विविध क्षेत्रका लोक शैलीको पछि लाग्दै जाँदा गोरखाली असारे भाका सार्वजनिक भएको छ ।

पर्यटकीय सौन्दर्यसँगै विविध जातजाति र भाषाभाषीको संस्कृतिसँगै आउने चाडवाडले पनि कलासंस्कृतिलाई अझ उचाइमा पु¥याएको छ । महिनै पिच्छे आउने चाडहरुका प्रायः सबैका गीतहरु छन् । मौसम अनुसार गरिने खेतीपातीका पनि गीतहरु छन् नेपालमा त । यसैगरी यो समय भनेको विस्तारै रोपाईंको मैसम सुरु हुने बेला हो ।

 

त्यसैले असारमा रोपाईंमा गाइने गीतहरुको चर्चा यतिबेला निकै नै हुने गरेको छ । असारको धान रोप्ने समय पारेर गायक विनोद ढकालले असारे गीत ‘मार्सी धान’ बजारमा ल्याएका छन् । फरकपनबाट आफूलाई कला संस्कृतिमा चिनाउँदै आएका ढकालले कमेडी खालका गीतहरुबाट पनि उत्तिकै चर्चा बटुलेका छन् । तर यसपटक भने सामाजिक कथावस्तु् र माटो अनुसारको गीतसंगीतलाई ध्यान दिएर मार्सी धान लिएर आएका छन् ।

यो गोरखामा गाइने प्रचलित रोपाइँ गीत हो । सर्जक विनोद ढकालले यो गीत गोरखाका वस्तीमै पुगेर संकलन गरेर ल्याएको बताएका छन् ।

गीत कलशा ढकाल र विनोद ढकालले संकलन गरेका हुन् भने विनोद ढकाल र रिता बुढाथोकीको स्वरमा गीत सुन्न सकिन्छ । सो मौलिक लोकगीत म्यूजिक ल्याब नामक म्यूजिक कम्पनीले बजारमा ल्याएको हो । गीत युट्युवमा पनि सुन्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु