• रहेनन् गीतकार गौचन

    म्यूजिक खबर
    प्रकाशित: २२ पुष २०७०, सोमबार

    पोखरा, २१ पुस । प्रसिद्ध गीतकार विनोद गौचनको ५८ वर्षको शनिबार बिहान निधन भएको छ । उनी ५ दिनदेखि गण्डकी अस्पतालको आईसीयूमा उपचार गराइरहेका थिए । दुई महिना यता बिरामी रहेका गौचनलाई छाति र पिसाब सम्बन्धी समस्या थियो ।
    जति माया लाएपनि, तगारोमा रुमाल राखी, कस्तो ठाउ“मा फुल्यौ तिमी टिप्नै गाह्रो भोलगायतका लोकप्रिय गीतहरु लेखेका गौचनले आफ्नो जीवनकालभरि कला संस्कृतिको जगेर्ना गर्दै समाजसेवामा सक्रिय रहेका थिए ।
    उनका ढुंगेसा“घुको मेलामा (२०५५) र पोखरामा फूल फुल्दैन (२०६२) कविता संग्रह प्रकाशित छन् । २०३९ र २०४४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेका कविता महोत्सवमा गौचनले तृतीय पुरस्कार पाएका थिए । संरक्षण कविता आन्दोलनमा लागेका गौचनकै सक्रियतामा कास्कीको लुम्लेलाई कविता गाउ“ घोषणा गर्न गौचन सफल पनि भएका थिए । गौचनका एक छोरा र श्रीमती छन् भने जेठो छोराको बेलायतमा कार दुर्घटनामा निधन भइसकेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु