
काठमाडौं । भ्रममा परें कि भूलमा परें भनेर गायिका मल्लिका कार्की यतिबेला भन्दै गर्दा त्यही गीतको म्यूजिक भिडियोमा खेल्ने मोडलहरुमा भने उमेरको भूल हो कि मायाको भ्रम हो बुझ्न गाह्रो भएको देखियो । गायिका कार्की यतिखेर आफैं भ्रममा परिरहेको बेला बजारमा आएको म्यूजिक भिडियोले पनि मायामा कुनै हदबन्दी नहुने पक्का गरिदिएको छ ।
गायिका मल्लिाका कार्कीको पछिल्लो गीत भ्रममा परें कि भूलमा परें… बजारमा सार्वजनिक भएको छ । आलोक श्रीको संगीत र चन्द्रकुमार खापोङको शब्दरचनामा तयार भएको गीतको म्यूजिक भिडियो आजबाट सार्वजनिक भएको छ । भिडियोमा कलाकार विनोद केसी र अल्का सुवेदीले अभिनय गरेका छन् । प्रकाश भट्टको निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् भने विष्णु शर्माको सम्पादन रहेको छ । भिडियोलाई साइभिजनले पोष्ट प्रोडक्सन गरेको हो ।