गायक बिनोद ढकालको ‘दुःख’ मार्फत आए कान्छा ¥यापर (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २२ बैशाख २०७६, आईतवार

काठमाडौं । गायक तथा संगीतकार बिनोद ढकालले ११ वर्षीय बालक रोजन बराइलीलाई नेपालकै कान्छा ¥याप गायकको रुपमा प्रस्तुत गरेका छन् ।बाल्यकालदेखि नै ¥याप संगीतमा आकर्षित भएका धादिङका बराइलीलाई गायक ढकालले आफ्नै संगीतको नयाँ ¥याप गीत ‘दुःख’ मार्फत सांगीतिक क्षेत्रमा ल्याएका हुन् ।

गायक ढकालको समेत स्वर रहेको उक्त गीतमा कान्छा ¥यापर बराइलीले ¥याप हानेका छन् । उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

रमाइलो कुरा के छ भने उक्त गीतका रचनकार पनि ¥यापर बराइली नै हुन् । गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन छ ।

गायक ढकाल पछिल्लो समय आफ्नो लामो कपाल छोट्याएर चर्चामा आएका थिए । विवाह बन्धनमा बाँधिनका लागि गायक ढकालले झण्डै एक दशकअघि पालेको कपाल काटेका हुन् ।

‘दुःख’ को म्युजिक भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् । उक्त गीतमा डिट्ठा साबको उपनामले चिनिने कलाकार किशोर भण्डारी, कविता आलेमगर तथा जोर्डन राजभण्डारीले अभिनय गरेका छन् ।

सञ्जित श्रेष्ठद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।

यस्तो छ भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु