• फागुन २९ मा विरही कार्की एकल साँझ

    म्यूजिक खबर
    प्रकाशित: १ पुष २०७०, सोमबार

    काठमाडौं, १ पुस । लोक गायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक विरही कार्कीले आगामी फागुन २९ मा एकल साँझ गर्ने भएका छन् ।
    ‘विरही कार्की एकल साँझ’ नाम दिइएको यस कार्यक्रमले नेपालमा उत्पीडित एवं पिछडिएको वर्गका रुपमा चिनिँदै आएका चेपाङ बालबालिकाको शिक्षा, स्वास्थ्य र जनचेतनाका क्षेत्रमा सहयोग गर्ने बताएको छ । सुनखानी म्यूजिकको आयोजनामा हुने विरही कार्की एकल साँझ फागुन २९ गते विहीबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भव्य कार्यक्रमका साथ सम्पन्न गरिने आयोजक पक्षले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु