• विरही गाउने, विष्ट दाजुभाइ नाच्ने

    म्यूजिक खबर
    प्रकाशित: २९ मंसिर २०७०, शनिबार

    काठमाडौं, २९ मंसिर । यही डिसेम्बर १७ तारिखमा कतारमा हुन लागेको सांस्कृतिक कार्यक्रममा लोक गायक विरही कार्कीले नेपालीहरुका माझ गाउने भएका छन् भने विष्ट दाजुभाइ गजित र गम्भिरले आफ्नो नृत्य देखाउने भएका छन् । पछिल्लो समयमा लोकगीतको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै गायक विरही कार्की लोकदोहोरी गीत भन्दा पनि मौलिकतासहितको लोकगीतको पक्षमा अडिग रहँदै गीतसंगीतमा लागिपरेका देखिन्छन् । दोहोरी गीतको माहौलमा अलिकति फरक देखिएका कार्की पछिल्लो समयमा खास लोकदोहोरी आउन नसकेको बताउन पनि भुल्दैनन् । उनले स्रोताको मन छुने लोकदोहोरी बन्न नसकेको साथै लोकलयमा दोहोरी निर्माण नभईकन पाश्चात्य शैलीलाई पछ्याउन थालेको बताउने कार्की आफू भने मौलिकतालाई आत्मसात गर्दै अघि बढेको बताउँछन् । उनले गाएका लोकगीतहरु सुनखानीमा सुद, आमा र पछिल्लो समयमा बजारमा आएको गीत मैले तिम्लाई पाउँदै पाउँदिन जति चर्चामा छ त्यत्तिकै मायालु हजार बोलको दोहोरी गीत पनि चर्चाको शिखरमा नै छ । उनले कतारमा हुन लागेको कार्यक्रममा नेपालीहरुलाई नेपालीपन झल्किने गीतहरुबाट मनोरञ्जन दिने बताएका छन् । gajit-bista gamvir-bista 644358_173426186139635_1266820282_n

    त्यस्तै पछिल्लो समय चलचित्र उद्योगमा आशालाग्दा नायकका रुपमा भित्रिएका गजित विष्टको पनि विदेशमा डिमान्ड बढ्दो छ । चलचित्र मायाज बारबाट चलचित्र उद्योगमा छिरेका विष्टले आधा दर्जन चलचित्र गरिसकेका छन् । उनको अभिनयले दर्शकहरुलाई जति आकर्षित गर्छ त्योभन्दा बढी उनको नृत्यले तान्ने गरेको छ । गजितका भाइ गम्भिर विष्ट नेपाली चलचित्र उद्योगका सफल र राम्रा कोरियोग्राफरका रुपमा चिनिन्छन् । उनको कोरियोग्राफरमा गजित मात्र होइन धेरै नयाँ र पुराना नायक नायिकाहरु नाचिसकेका छन् । अब भने कतारमा हुन लागेको कार्यक्रममा विष्ट दाजुभाइको बेजोड नृत्य प्रस्तुति हेर्न पाइने भएको छ । वेष्ट इन्ड पार्कको एम्फी थियटरमा हुन लागेको उक्त कार्यक्रममा विष्ट दाजुभाइ र कार्कीका अलावा गायक सत्यराज र स्वरुपराज आचार्य, गायिका रजिना रिमाल, नायिका नीता ढुंगाना, निष्मा घिमिरे, हाँस्यकलाकार सिताराम कट्टेल, कुञ्जना घिमिरे र सन्दिप क्षेत्रीको पनि बेजोड प्रस्तुति रहनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु