मायामा पागल हुनेहरुको कथा ‘म त हजुर एक्लै भाको छु’

म्यूजिक खबर
प्रकाशित: २९ चैत्र २०७५, शुक्रबार

काठमाडौं । मायाप्रेममा चुर्लुम्म डुबेका प्रमीप्रमिकाको कथाभित्र पाएको धोकाले पागल बन्नु परेको र एक्लै भएको कथाभित्र समावेश भएको गीत हो ‘म त हजुर एक्लै भाको छु’ । माया प्रेममा परेका जोडी एक्लै एक्लै पीडा पोख्दैमा जीवन समर्पण गरेको गीत नै ‘म त हजुर एक्लै भाको छु ।’ गायक बीरबल ढकाल र गायिका विष्णु माझीको स्वरमा बजारमा आएको गीत ‘म त हजुर एक्लै भाको छु’ लाई पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको हातबाट सार्वजनिक गरिएको हो ।

 

‘म त हजुर एक्लै भाको छु’ लाई गोरखा सांस्कृतिक समाजको आयोजनामा प्रमुख अतिथि डा. बाबुराम भट्टराई, विशेष अतिधि नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठ लगायतको हातबाट सार्वजनिक गरिएको थियो । ‘म त हजुर एक्लै भाको छु’ लाई रमेश बिजी र काजीबाबु अर्यालले लेखेका हुन् भने बीरबल ढकालको संगीत रहेको छ ।

‘म त हजुर एक्लै भाको छु’ को म्यूजिक भिडियोलाई छायाँकारका रुपमा स्थापित भएका दुर्गा पौडेलले निर्देशन गरेका छन् । यसको छायाँकार देवराज गुरुङ हुन् भने सम्पादन नवीन घर्ती मगरले गरेका छन् । भिडियोमा सारिका केसी र हरि कुमार श्रेष्ठले अभिनय गरेका छन् । गीतलाई तिर्सना म्यूजिकले बजार व्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु