वास्तविक लोक गीत ‘बिष पिएर’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: १५ जेष्ठ २०७६, बुधबार

काठमाडौं । पछिल्लो समय लोक तथा दोहोरी गीतहरु निकै निर्माण भईरहेका छन् । सबैको आशा बनेको छ ‘करोड क्लव’ । लाखौंको लगानी अनि ‘करोड क्लव’को अपेक्षामा प्रत्येक दिन नयाँ नयाँ गीतहरु सार्वजनिक भएका छन् । यो भिडमा गायक तथा सर्जक हर्ख सिंहले पनि आफ्नो ‘बिष पिएर’ बोलको गीत सार्वजनिक गरेका छन् । गायक हर्खका अनुसार गीत करोड र ट्रेण्डिङको अपेक्षा गरिएको नभई वास्तविम कथालाई लोकलयमा चित्रण गरि संदेश जगाउन खोजिएको छ ।
विष पिएर लोक तथा दोहोरी नभई एकल लोक गीत हो । उक्त गीत पछिल्लो समय बजारमा चल्तिमा आएका गीतहरुभन्दा फरक रहेको छ ।
सार्वजनिक गीत ‘बिष पिएर’मा निकै मार्मिक शब्दहरु चयन  गरिएको छ । जसमा शब्द, संगीत तथा स्वर हर्ख सिंहको नै रहेको छ । गीतको संगीत संयोजन भने सागर बिरहीले गरेका छन् ।

‘बिष पिएर’ गीतको म्युजिक भिडियोतर्फ शाही भिजन प्रालिको निर्माणमा नृत्य निर्देशक प्रकाश भट्टको निर्देशन रहेको छ । जसमा सारीका केसी, सजन थामी र बिमल अधिकारीको अभिनय रहेको छ । राजेश घिमिरेले छायांकन गरेको गीतको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका हुन् ।
भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु