• पाश्र्व गायनमा विशालकोे ‘यस्तो साथी’ भिडियो हेर्नुहोस्

    म्यूजिक खबर
    प्रकाशित: १४ चैत्र २०७५, बिहीबार

    काठमाडौं । गायक विशाल निरौलाले फिल्म ‘शुभ लभ’बाट पाश्र्व गायनको यात्रा सुरु गरिसकेका छन्। म्यूजिक एरेन्जर हुँदै गायनमा प्रवेश गरेका उनको स्वर रहेको दोस्रो फिल्म ‘ब्ल्याक इयर’को गीत सार्वजनिक भएको छ।
    खेम सरु मगरको शब्द र संगीत रहेको ‘यस्तो साथी’बोलको गीतमा उनलाई गायिका अन्जु पन्तले पनि साथ दिएकी छिन्।
    मेघना मगरले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार ओकेश पनेरु र अनुपा खड्काको लभ क्यामेष्ट्री देख्न सकिन्छ। लक्षु गौतमले निर्देशन गरेको यो फिल्म वैशाख १३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
    भिडियो लिंक

     

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु