विशालले ल्याए देशभक्तिले समर्पित गीत ‘राष्ट्रप्रेम’

म्यूजिक खबर
प्रकाशित: ११ कार्तिक २०७५, आईतवार

काठमाडौं । बिशाल पौडेलको देश भक्तिको भावनाले ओतप्रोत राष्ट्रिय गीत ‘राष्ट्रप्रेम’ सार्वजनिक भएको छ । शनिवार राजधानीमा एक कार्यक्रमकाबीच ‘राष्ट्रप्रेम’ गीतको भिडियो सार्वजनिक भएको हो ।

बरिष्ठ चलचित्रकर्मी ऋद्धिचरण श्रेष्ठको प्रमुख आतिथ्यतामा गीतलाई सार्वजनिक गरिएको थियो । बिशाल पौडेलको शब्द अनि सङ्गीत रहेको गीतमा विशालसँगै काब्य आचार्य, गीता शाही, केशव आचार्य, बिबेक पाण्डे र कल्पना सापकोटाको स्वर रहेको छ । प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भई श्याम स्वेत रसाईलीद्वारा सम्पादित ‘राष्ट्रप्रेम’ गीतको सङ्गीत संयोजन आशिष अबिरलले गरेका छन् ।

 

बिशाल पौडेल र प्रविन भण्डारीको निर्देशन, नारायण आचार्यको छायाँकन र टेकेन्द्र साहको सम्पादन रहेको गीतको भिडियोमा रिषि धमला, पशुपति शर्मा, गीता अधिकारी, विमल अधिकारी, जानकी तरामी मगर, विशाल पौडेल, गीता शाही, केशव आचार्य, काव्य आचार्य, विवेक पाण्डे, कल्पना सापकोटालगात कलाकार, पत्रकार, खेलाडी, शिक्षाबिद, चिकित्सक जस्ता ब्यक्तित्वहरुलाई समाबेश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु