विष्णु परिवारको आवाजमा तकदिर भिडियो हेर्नुहोस

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७५, आईतवार

रोशन पोखरेल
काठमाडौ । नेपाली लोकदोहोरी गीत संगीतको बजार फराकिलो बन्दै गइरहेको परिपेक्षमा अन्जना डिजिटल मिडिया प्रालीको प्रस्तुतीमा उमा खड्काको पहिलो लोकदोहोरी गीत ” तकदिर”को भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक अर्जुन पन्त ,गायिका उमा खड्का र विष्णु परिवारको सुमधुर आवाज रहेको छ ।
गीतमा नेपाली पनको आभाष दिने किसिमको शब्द तथा लय सिर्जना रहेको छ । आफना मायालुले मायामा डुवाएको कुरालाई गीतमा समेटिएको छ । आफनो मायालुलाई भेटनको लागी जिवनमा आशा नभएको कुरालाई गीतमा समावेश गरिएको छ । उमा खड्काको शब्द तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । सुशिल डाँगीको छायाँकन , प्रकाश एस केको सम्पादन , र निशान एस केको भिडियोमा निर्देशन रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको गीतको भिडियोमा निशान एस के र पुजना घिमिरे को नृत्य रहेको छ ।

” तकदिर”गीतको भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु