‘विस्तारै विस्तारै तिमी मेरी’ टिकटकमा यसरी भयो हिट

म्यूजिक खबर
प्रकाशित: २१ बैशाख २०७७, आईतवार

काठमाडौं । गायक तथा संगीतकार चिरञ्जीवि भण्डारी र मेलिना राईको स्वरमा नयाँ गित ‘बिस्तारै बिस्तारै तिमी मेरी’ यतिखेर टिकटकमा चर्चामा छ । लकडाउनको समयको सदुपयोग गर्दै धेरै गायक भण्डारीको गीतलाई धेरैले टिकटक बनाएका छन् । यूट्यूबमा पनि उत्तिकै रुचाइएको गीतलाई टिकटकमा पनि रुचाइएपटि गायक भण्डारी यतिखेर हौसिएका छन् । यो गीतमा दैनिक रुपमा टिकटक भिडियो बनाउनेहरुको संख्या थपिँदैछ ।

प्रतिमा गुरुङको शब्द रहेको सो गीतको भिडियोमा अभिनेत्री मोडल जेविका कार्की र गायक चिरञ्जीवी भण्डारीले अभिनय गरेका छन् । गीतमा गायक चिरन्जीवीकै संगीत रहेको छ भने भिडियोलाई भण्डारीको आफ्नै युट्युब च्यानलबाट बजारीकरण भएको छ । भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका छन् भने’ उत्सव दाहालको छायांकन’ बिष्णु खड्का’को भिडियो सम्पादन रहेको छ ।

गीतको म्यूजिक भिडियोमा प्रेमि र प्रेमीका’को सुमधूर सम्बन्धलाई देखाईएको छ । उक्त गीत पछिल्लो समयमा हजारौं दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु