अफ्रिकी गायिकाको स्वरमा ‘फुलबुट्टे सारी’

म्यूजिक खबर
प्रकाशित: १० चैत्र २०७७, मंगलवार

काठमाडौं । चर्चित गीत ‘फुलबुट्टे सारी’ को थुप्रै कभर सुन्न सकिन्छ । यहि क्रममा विदेशी स्वरमा समेत कभर बनेको छ । अफ्रिकी गायिकाको स्वरमा डिका इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट युगान्डाकी वियोन्से फ्यामेसीको स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक भएको हो।

हालसम्म यो गीत नेपाली गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठको स्वरमा सुनिरहेका थियौं। यही गीतको थुप्रै कभरहरू पनि युट्युबमा पाइन्छ। यो गीतको रचनाकार र संगीतकार राजनराज सिवाकोटी हुन्।


विभिन्न भर्सनमा निस्किएको यो गीतले करोडौं भ्यूज पाइसकेको छ। पछिल्लो समय नेपालमै रहेकी उनले युट्युब च्यानल एनबिएसबाट सार्वजनिक केही छोटा फिल्महरूमा पनि अभिनय गरेकी छन्।

उनले गाएको ‘फूलबुट्टे सारी’को म्युजिक भिडिओमा सेरा सेरा र राजु खड्काको प्रस्तुति छ। भिडिओ डिका गुरुङको निर्देशन, छायांकन र सम्पादनमा तयार भएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु