• ‘म्युजिक भिडियो कलाकार संघ’ को आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न !

    म्यूजिक खबर
    प्रकाशित: १० पुष २०७५, मंगलवार

    काठमाडौँ । राजधानीको टिचिङ्ग हस्पिटलको प्राङ्गणमा चर्चित निर्देशक एवं मोडल शंकर विसीको नेतृत्वमा रहेको संस्था ‘म्युजिक भिडियो कलाकार संघ’ को आयोजनामा “बृहत रक्तदान कार्यक्रम” सम्पन्न भएको छ ।

    “कलाकारको धर्म, मानवीय सेवा र सामाजिक सत्कर्म रक्तदान जिवनदान” भन्ने मुल नारा सहित म्युजिक भिडियो कलाकार संघ नेपालबाट पुस ९ गते “बृहत रक्तदान कार्यक्रम” सम्पन्न भएको हो ।

    म्युजिक भिडियो कलाकार संघ नेपालका अध्यक्ष शंकर बिसिको अध्यक्षतामा भएको कार्यक्रम टिचिङ्ग अस्पताल काठमाडौंमा सम्पन्न भएको हो । यस कार्यक्रममा प्रमुख अतिथीको रुपमा बाबुराजा केसि “उज्वल” रहेका थिए भने सोही सस्थाका महासचिव महेन्द्र गौतम संंयोजकको रुपमा रहेका थिए ।

    यस कार्यक्रमको ब्यानर संयोजन हिम सम्झौता डिजिटलले गरेको थियो । कार्यक्रमको संन्चालन संस्थाका सचिब सुनिल लामिछानेले गरेका थिए । उक्त रक्तदान कार्यक्रममा कलाकार र पत्रकारको उपस्थिती रहेको थियो । अहिलेको रक्तदान कार्यक्रम यहि समितिको निर्णयबाट पारित भएर यो काम गरेको कुरा सोही संस्थाका अध्यक्ष शंकर बिसिले बताएका छन्।

    रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको कुरा सचिब लामिछानेले बताए ।

     

     

    माया बटुल्दै कर्णवीरले ल्याए सांगीतिक एल्बम ‘तिम्रो मायामा’ (भिडियो)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु