माया बटुल्दै कर्णवीरले ल्याए सांगीतिक एल्बम ‘तिम्रो मायामा’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १० पुष २०७५, मंगलवार

काठमाण्डौं । बिगत ८,९ बर्ष देखि अमेरिकामा रहेर नेपाली गीत संगीतलाई माया गरी गीति लेखन, गायन संगसंगै कलाकारिता क्षेत्रमा अघि बढीरहेका कर्णवीरले नेपाली गीत संगीत प्रेमीहरुलाई मध्यनजर गर्दै आफ्नो एकल आधुनिक एल्बल ‘तिम्रो मायामा’ सार्वजनिक गरेका छन् ।

वाास्तबमा भन्ने हो भने, गायक कर्णवीर बहुप्रतीभाका धनि नै हुन् । ८ बर्षको उमेर बाट गीत गजल लेखन क्रियाकलापमा आवद्ध भै निरन्तरता दिंदै कलाकारितालाई अगाढी बढाईरहेका उनले धेरै समय पछाडी आफ्नो एकल आधुनिक एल्बम सांगीतिक बजारमा ल्याएका हुन् ।

अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने र निरन्तरता दिने कलाकार मध्ये गायक कर्णवीर पनि अग्रपक्तिंमै पर्दछन् । उनले पछिल्लो समयमा विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएका छन् । गायन र गीति लेखन कार्यलाई पनि अगाढी बढाएका छन् । यसै क्रममा भर्खरै उनले अमेरिकामा सम्पन्न ९ग्लोबल नेपाल फिल्म म्युजिक मिडिया शोसल अवार्ड २०१८० को कार्यक्रम बीच फिल्म क्षेत्रका दिग्गज व्यक्तिहरु तथा सांगीतिक क्षेत्रका विशिष्ट हस्तीहरु दिनेश डिसी तथा गीतकार संगीतकार, येदीन गजमेरुको हातबाट संयुक्त रुपमा आधुनिक एल्बम बिमोचन गराएका छन् ।

गीतकारर संगीतकार, येदीन गजमेर लागायत अन्य फिल्मकर्र्मी र संगीतकर्र्मी श्रष्टा तथा सर्जकहरुले एल्बम ‘तिम्रो मायामा’ को बारेमा चर्चा परिचर्चा गरेका थिए । उनको आवाजमा बलिबुड गायक कुमार सानुको झल्को आउने र नेपाली सांगीतिक क्षेत्रमा गायकक कर्णवीरुको भबिष्य उज्ज्वल रहेको भनि प्रसंसा गरेका थिए ।

‘तिम्रो मायामा’ एल्बममा जम्मा जम्मी ६ वटा गीत र बोनसमा एउटा ट्रयाक समावेश गरिएको छ । उक्त एल्बमका सबै गीतलाई गीतकारर गायक स्वयम् कर्णवीरूले नै रचना गरेका छन् भने, एल्बमका ३ वटा गीतमा गीतकारर संगीतकार येदीन गजमेरूको संगीत रहेको छ भने, बाँकी ३ वटा गीतमा चर्चित गायकर संगीतकार अनुप रेग्मीुको संगीत रहेको छ । उक्त एल्बमको २ वटा युगल गीत –‘तिम्रो मायामा’ र ‘मेरो मनलाई’ मा गायक कर्णवीरलाई गायकीमा चर्चित गायिका मेलिना राईले साथ् दिएकि छन् ।

उक्त एल्बम तयार पार्नमा ठुलो सहायोग रहेको भन्दै गीतकारर संगीतकार, येदीन गजमेर ,गायक र संगीतकार अनुप रेग्मी ,जुनी गजमेर ,बिष्णु सेन्चुरीलाई उक्त बिमोचन कार्यक्रममा गायक कलाकार कर्णवीरूले हार्दिक धन्यबाद ज्ञापन गरका थिए ।

-चिरन्जीवी भण्डारी

 

‘राष्ट्रिय सेवा सम्मान’ बाट संचारकर्मी राज लुईटेल सम्मानित !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु