नेपाली क्लब बहराइनद्वारा रक्तदान कार्यक्रम

म्यूजिक खबर
प्रकाशित: १५ बैशाख २०७६, आईतवार

कृष्ण हमाल, बहाराइन । सेवा नै धर्म हो रक्तदान गर्नु जिबनको महान कर्म हो। यहि २६ अप्रिल २०१९ का दिन सल्मानिया मेडिकल कम्प्लेक्समा नेपाली क्लब बहराइनद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावास बहराइनका राजदुत महामहिम पदम सुन्दास तथा नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठको साथमा नेपाली क्लब बहराइनका संरक्षक गम बहादुर गुरुङ थिए ।

कार्यक्रम नेपाली क्लब बहराइनको संयोजकत्व तथा सल्मानिया मेडिकल हस्पिटलको प्राबिधिक सहयोगमा सम्पन्न भएको हो । रक्तदान जस्तो पबित्र कार्यलाई सम्पन्न गर्नको नेपाली क्लब बहराइनका सल्लाहकार छबिलाल बिक को संयोजकत्वमा समिति गठन गरिएको थियो ।

रक्तदानलाई सम्पन्न गर्नको लागि बहराइनमा स्थापित सम्पूर्ण विभिन्न संघसंस्थाहरुको विशेष भुमिका रहेको र सबैलाई आफ्नो आफ्नो तर्फबाट खेल्नुभएको अहम भुमिकालाई नेपाली क्लब बहराइनले धन्यवाद व्यक्त गरेको जानकारी नेपाली क्लब बहराइनका महासचिव राजु पहारीले दिएका छन ।

साथै नेपाली क्लब बहराइनका अध्यक्ष तथा समाजसेवी कमल श्रेष्ठले रक्तदान कार्यक्रमलाई सफल बनाउन विशेष भुमिका निर्बाह गर्ने नेपाली राजदुतावास बहराइन परिवार , नेपाली क्लब बहराइनका गम गुरुङ , सल्मानिया हस्पिटल , बहराइनमा सम्पूर्ण राजनैतिक पार्टीका भात्री संघसंगठनहरु , जातीय , क्षत्रीय संघसंस्थाहरु , कलाकारहरु , पत्रकारहरु लगायत उपस्थित सबैलाई एकमुष्टमा धन्यवाद व्यक्त गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु