• नेपालमा पहिलो पटक कन्सर्ट गर्दै बलिउड गायक जावेद अली

    म्यूजिक खबर
    प्रकाशित: ११ श्रावण २०८०, बिहीबार

    काठमाडौं । बलिउडका चर्चित पार्श्व गायक जावेद अलीले पहिलो पटक नेपालमा लाइभ कन्सर्ट दिने भएका छन् । बिहीबार बिहान एक भिडियो सन्देश जारी गर्दै उनले आउँदो अगस्ट ४ गते काठमाडौंमा प्रस्तुति दिने घोषणा गरेका हुन् ।

    नेपालमा पहिलो पटक हुन लागेको कन्सर्टलाई लिएर आफू उत्साहित रहेको उल्लेख गर्दै उनले नेपाली फ्यानहरुलाई सहभागी हुन आग्रह गरे । सोल्टी होटलमा रहेको क्लब प्राइभले अलीलाई नेपाल ल्याउन लागेको हो ।

    दक्षिण भारतीय फिल्म ‘पुष्पा’ मा समावेश गरिएको ‘श्रीवाली’ गीत उनको पछिल्लो हिट गीत हो । यस बाहेक चलचित्र ‘तेरी झलक असरफी’, ‘तुम मिलेको’ ‘तू ही हकिकत’, बजरंगी भाइजानको ‘तु जो मिला’, कजरा रे, गलात बात है, गुजारिस, तुम मिले, आर्जिया, गले लग जा, आओ जाओ मेरी तमन्ना हांदेखि लिएर लगायत दर्जनौं हिट गीत उनको नाममा छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु