चलचित्रलाई ‘बक्स अफिस कोड नदिन’ सरकारको निर्देशन

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७७, आईतवार

काठमाडौं । सीसीएमसीले चलचित्र हलहरु संचालनका लागि अनुमती दिन मन्त्रीपरिषद्लाई पत्र लेखेपनि मन्त्रीपरिषदबाट भने अझै निर्णय भएको छैन । जसले गर्दा, पौष १० गतेबाट एकतर्फी रुपमा हल खोलेका हल संचालकहरुले चलचित्र त रिलिज गरिरहेका छन्, तर सरकारले भने औपचारिक रुपमा हल खोल्न दिने निर्णय नगरेपछि अन्यौलमा परेको छ ।

पौष १० गतेबाट हलहरुमा चलचित्र रिलिज भैरहँदा सरकारले भने बक्स अफिस कोर्ड उपलब्ध नगराउँदा हलबाट उठ्ने राजश्व पनि उठ्न सकेको छैन । चलचित्र विकास बोर्डलाई संचार, सूचना तथा प्रविधी मन्त्रालयले बक्स अफिस कोर्ड उपलब्ध नगराउन निर्देशन दिएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने– ‘सीसीएमसीले हल खोल्नका लागि अनुमती दिन भनिसकेपछि पनि मन्त्रीपरिषद्ले निर्णय गरेको छैन । यसैले, निर्णय गरिदिन आग्रह गर्नका लागि म मन्त्रालय धाइरहेको छु । मेरो तर्फबाट हुने काम मैले रोकेको छैन । तर, बक्स अफिस कोर्ड उपलब्ध नगराउन निर्देशन आएकाले मैले उपलब्ध गराउन सकेको छैन ।’

सरकारले मंसिर १० गते चलचित्र छायांकनको अनुमती दिने निर्णय गरेको तर आफूलाई पत्र भने पौष ४ गतेमात्र आएको अध्यक्ष दाहालले बताए । हलिउड चलचित्र ‘मन्स्टर हन्टर’ रिलिज भएको छ ।

संचार मन्त्रालयले विकास बोर्डलाई नयाँ चलचित्र रिलिजका लागि सेन्सर अनुमती नदिन पनि भनेको थियो । तर, विकास बोर्ड अध्यक्ष दाहालले आफूले यो काम नरोकेको बताए । जसकाकारण, आजबाट हलिउड चलचित्र रिलिज भएको छ । तर, सरकारले बक्स अफिस कोर्ड भने उपलब्ध नगराउन भनेको छ ।

अध्यक्ष दाहालले भने–‘मन्त्रीहरु जिल्ला–जिल्लामा पुगेर सभा गर्दा कोरोना नसर्ने, हलमा ५० प्रतिशत अकुपेन्सीमा दर्शक राखेर चलाउँदा कोरोना सर्छ र रु म यसैको लागि कुरा गर्न मुख्य सचिवलाई भेट्ने कोशिशमा छु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु