विश्व रंगमञ्च दिवसको अवसरमा ‘बुद्ध थिएटर फेस्टिवल’

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार

काठमाडौं । गौतम बुद्धकोजीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन आयोजित ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सोमबारदेखि सांस्कृतिक संस्थानमा सुरु भएको छ । ६२औं विश्व रंगमञ्च दिवसको अवसर पारेर पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरले संयुक्त रूपमा आयोजना गरेको हो ।

काठमाडौंको बौद्धस्थित सेचिनगुम्बाका १० जना लामाले मन्त्रोचारण गर्दै सुरु भएको महोत्सवको पहिलो दिन सांस्कृतिक संस्थानको प्रस्तुति नाटक ‘चण्डालिका’ मञ्चन गरिएको थियो । माया थापाको परिकल्पना तथा निर्देशन रहेको यो नाटकएक अछूत युवतीले भिक्षुलाई पानी खुवाएपछि आफन्तले दिएको श्रापको कथामाआधारित छ । तर पछि भिक्षुको आशीर्वादले श्रापबाट मुक्तभई उनीहरूको जीवनमासुख र शान्ति आएको कथा नाटकमा समेटिएको छ ।
नाटकमा शुशीला थापा, तीर्थराज पोखरेल, रेखा कटवाल,सुरेश थापा, श्रीकृष्ण शाही, नरहरि पराजुली, राम पुरी, सुरभि मगर, अनिशा न्यौपाने, वीनाविश्वकर्मा, सलिनाक्षत्रीले अभिनय गरेका थिए । दुर्गाप्रसाद खतिवडाको संगीत संयोजन र तीर्थराजपोखरेलको गीत रचना रहेको नाटकको वाद्यवादन समूहमा दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति र रोहित सुवेदी थिए भने गायनमा दीपेन्द्र वज्राचार्य र शिला बिष्ट अली थिए ।

महोत्सव उद्घाटन समारोहमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले महान् दार्शनिक गौतम बुद्ध नेपालमै ओझेल परेको बेलाउनको जीवनी, दर्शन र सन्देशलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन बुद्ध थिएटर फेस्टिवल आयोजना हुनु गौरवको विषय भएको बताए ।

समारोहमा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले तेस्रो संस्करणसम्म आइपुग्दा परिपक्वता आएकाले आगामी संस्करण देखि यस महोत्सवलाई अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिने बताए । ‘बुद्ध दर्शनका अनुयायीहरू विश्वभर छन् । रंगमञ्चमार्फत उनीहरूलाई वुद्धभूमि नेपालमा आकर्षित गर्न आगामी संस्करणदेखि बुद्ध थिएटर फेस्टिवललाई अन्तर्राष्ट्रियस्तरमा लैजाने छौं’, महाप्रबन्धक राईले भने ।

फेस्टिवल निर्देशकपुष्कर गुरुङले विश्व रंगमञ्च दिवसका अवसरमा इन्टरनेसनल थिएटर इन्स्टिच्युट (आईटीई)को तर्फबाट इजिप्टका विश्वचर्चित रंगकर्मी समिहाअयुवद्वारा प्रेषित सन्देश वाचन गरेका सुनाए । सो अवसरमा ५० हजार रुपैयाँसहितको यो वर्षको डबली अवार्ड रंंगकर्मी अनुप बराललाई प्रदान गरिएको थियो । प्राडा अभि सुवेदी लगायतले हस्तान्तरण गरेको अवार्ड बरालपत्नी अभिनेत्री दियामास्केले ग्रहण गरेकी थिइन् ।

चैत १७गतेसम्मचल्ने महोत्सबको दोस्रो मंगलबार प्रशान्तबगाले निर्देशित‘थ्रीलाफिङ मंक्स’, बुधबार निकिता गुरुङ निर्देशित ‘प्रतिविम्ब’ र गीताथापानिर्देशित ‘पताक्षर’, बिहीबार वर्षा भण्डारीनिर्देशित ‘पश्चाताप’ र सस्मिल मगर निर्देशित ‘अम्रपाली’मञ्चनहुँदैछ । महोत्सवको समापनमा शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’मञ्चनगरिनेछ । महोत्सवको यो तेस्रो संस्करण हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु