• पुर्ख्यौली घर-घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने प्रक्रियामा ब्याकुल माइला

    म्यूजिक खबर
    प्रकाशित: १७ चैत्र २०७८, बिहीबार

    काठमाडौं । राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले ओखलढुंगा मानेभञ्ज्याङको पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने भएका छन् । १.५ रोपनीमा रहेको आफ्नो घरजग्गा प्रदेश १ सरकारलाई प्रदान गर्न आफूले व्याकुल माइला प्रतिष्ठानलाई यसैसाता हस्तान्तरण गरिसकेको उनले बताए ।

    ‘सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भइसकेको र यहि प्रक्रियाका लागि अहिले प्रतिष्ठानलाई प्रदान भइसकेको छ ।

    पुर्ख्यौली घरजग्गालाई संग्रहालय र पर्यटन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले आफूले सरकारलाई हस्तान्तरण गर्ने निर्णय लिएको माइलाको भनाइ छ । उनले भने – ‘सांस्कृतिक सम्पदाको रुपमा संरक्षण गर्ने उद्देश्य हो । होमस्टेदेखि संग्रहालयसम्म पनि गराउन सकिन्छ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु