सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७६, सोमबार

काठमाडौं । आइतबार एक कार्यक्रमका बीच सीबी माउन्ट फ्रेमिङ सेन्टर प्रा,लि,को औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौं बुद्धनगरमा रहेको यो फ्रेम हाउसको हिमाली भेगको दृश्य कैद गरेर ख्याति कमाएका फोटोग्राफर जगदिश तिवारीको हातबाट रिबन काट्दै औपचारिक शुभारम्भ गरिएको हो । च्याङ्बा लामाले सञ्चालनमा ल्याएको सीबी माउन्ट फ्रेम हाउसको ओपनिङमा जगदिश तिवारी सहित फोटोग्राफर बिकास रौनियार, राजन काफ्ले, हास्यकलाकार तथा जादुगर महादेव त्रिपाठी, चलचित्र द्धन्द निर्देशक योगेन्द्र श्रेष्ठ, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, कलाकार अनुपम श्रेष्ठ, गायिका अर्पणा श्रेष्ठ लगायतका व्यक्तित्व उपस्थित थिए । फ्रेम हाउस शुभारम्भ समारोहमा सञ्चालक च्याङ्बाले सीबी माउन्ट फ्रेमको ब्राण्ड एम्बेसडर समेत घोषणा गरे ।


सञ्चालक लामाले भने अचेल त फ्रेम युज गर्ने परिपाटी बिस्तारै घट्दै गएको छ । पहिला पहिला फ्रेम बनाउदा काटी किला हातैले ठोक्नुपर्ने बाध्यता थियो तर अहिले सबै मेसिनबाट फिट गर्न मिल्छ । उनले यो फ्रेम हाउसमा १ करोड लगानी लागेको बताए । आज औपचारिक शुभारम्भ गरेपनि वर्षदिन यता उनले यस फ्रेम हाउसबाट सेवा प्रदान गर्दै आइरहेका थिए ।


२०५२ सालबाट च्याङ्बाले फोटोग्राफी सुरु गरेका थिए । राजिब श्रेष्ठबाट फोटोग्राफीको तालिम लिएर फोटो खिच्न सुरु गरेका उनले यो बीचमा थुप्रै सेलिब्रेटीको सुन्दर फोटो कैद गरिसकेका छन् । नेपाल मै नयाँ नयाँ डिजाइनका फ्रेम आफूले सीबी माउन्टमा तयार गर्ने गरेको सञ्चालक लामाको भनाइ छ । सीबी माउन्ट फ्रेमिङ सेन्टरमा १५ हजार सम्मको फ्रेम उपलब्ध रहेको छ । एउटै फ्रेमलाई १५ हजार सम्म तिर्नी ग्राहक भने कम भेटिएको उनको भनाइ छ । यदि अर्डर आएमा यो भन्दा बढी मूल्यको समेत फ्रेम डिजाइन गर्न सकिने सञ्चालक लामाले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु